भलिबल खेलाडी मालिको उपचारका लागि २ लाख सहयोग « Khabarhub

भलिबल खेलाडी मालिको उपचारका लागि २ लाख सहयोग


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलाडी कल्याण कोषले राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीलाई आर्थिक सहयोग गरेको छ ।

चोटग्रस्त मालीको उपचारका लागि सोमबार कोषले दुई लाख रुपैयाँ सहयोग गरेको हो ।

कोषले हरेक वर्ष विभिन्‍न समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गर्दै आएको छ भने यस वर्ष उक्त रकम चोटग्रस्त मालीको उपचारका लागि सहयोग प्रदान गरेको हो ।

मालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का अध्यक्ष दीपक श्रेष्ठ, संस्थापक अध्यक्ष दीपक विष्ट, सागकी दोहोरो स्वर्णधारी आयशा शाक्यलगायतले सोमबार सातदोबाटोस्थित अस्पतालमै पुगेर चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि मालीलाई राष्ट्रिय खेलकुद परिषद्ले पनि उपचार खर्च स्वरुप पाँच लाख र भलिबल संघका पदाधिकारीले व्यक्तिगततर्फाट दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

माघ १० गते नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्‍वरस्थित राखेपको कभर्डहलमा आयोजना भएको एनभीए कप भलिबल खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १० : ५१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा