कर्णालीमा ९ हजार घरधुरीलाई सुरक्षित आवास « Khabarhub

कर्णालीमा ९ हजार घरधुरीलाई सुरक्षित आवास


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – चालू आर्थिक वर्षमा कर्णालीका झण्डै नौ हजार घरधुरीको सुरक्षित आवास निर्माण हुने भएको छ ।

गरीबीको रेखामुनि रहेका, खरले छाएका तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण घरबारविहीन परिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रममा समेटिने भएको हो ।

कार्यक्रमअन्तर्गत सुर्खेतमा सबैभन्दा बढी दुई हजार ६४३ सुरक्षित आवास बन्नेछन् ।  रुकुम(पश्चिम)मा एक हजार १९९, सल्यानमा एक हजार ६९१, दैलेखमा एक हजार ७८९, जाजरकोटमा एक हजार १५, डोल्पामा ५१२ र जुम्लामा ५०६ घरधुरीले सुरक्षित आवास पाउनेछन् ।

सरकारले खर तथा परालको छाना भएका घरधुरीमा पनि जस्तापाताले छाना छाउन सहयोग गर्नेछ । जस्तापाता छाउनका लागि प्रतिघरधुरी रु ५० हजार उपलब्ध गराइनेछ ।

संघीय शहरी आयोजना कार्यान्वयन एकाइले सुर्खेत निर्वाचन क्षेत्र नं १ मा निर्माण हुने परिवारको टुङ्गो लगाएको छ । त्यहाँका एक हजार ५२० घरमा जस्तापाताको छाना लगाइनेछ ।

आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर टीकाराम पोखरेलका अनुसार उक्त रकम घरमूलीले सम्बन्धित स्थानीय तहबाट प्राप्त गर्नेछन् ।

‘चालू आवमा प्रदेशका नौ हजार घरका छानामा जस्तापाता लगाउने योजना छ’, उनले भने, ‘सुर्खेतमा करीबकरीब टुङ्गो लागिसक्यो, अन्य जिल्लामा बाँकी छ, सम्बन्धित क्षेत्रका सांसद, स्थानीय जनप्रतिनिधिहरुको बैठकले लाभान्वित घरपरिवारको टुंगो लगाउनेछ ।’

जस्तापाता लगाएमा आगलागीबाट सुरक्षित हुने र गरीब परिवारले सुरक्षित महसुस गर्ने सरकारको अपेक्षा छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ६ : २६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्