ठाउँठाउँमा सामान्य वर्षा,  विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान « Khabarhub

ठाउँठाउँमा सामान्य वर्षा,  विभिन्न चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  देशका विभिन्न भू-भागमा आज पनि वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १, कर्णाली प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा वर्षा भइरहेको छ ।

भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव देशैभर परेकाले आज दिउँसो मेघगर्जन, चट्याङसहित विभिन्न ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरु भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । ती क्षेत्रमा रातिसम्म नै वर्षा हुने महाशाखाले जनाएको छ ।

तीन दिनसम्मको पूर्वानुमान गर्दै महाशाखाले बिहीबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आगामी शनिबारसम्म नै देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

रातिसम्म नै वर्षाको सम्भावना रहेको विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आह्वान गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ६ : ३० बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्