लिबियामा एक वर्षभित्र भएका डुंगा दुर्घटनामा ३०० भन्दा बढीको मृत्यु | Khabarhub Khabarhub

लिबियामा एक वर्षभित्र भएका डुंगा दुर्घटनामा ३०० भन्दा बढीको मृत्यु


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  लिबियामा एक वर्षभित्र भएका डुंगा दुर्घटनामा ३०० भन्दा बढीको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगका अनुसार एक वर्षभित्र लिबियाबाट समुद्र पार गरेर युरोप प्रवेश गर्न खोज्ने ३०० भन्दा बढीको डुंगा दुर्घटनामा मृत्यु भएको हो ।

यही वर्ष पछिल्लो पटक लिबियामा डुंगा विस्फोटसमेत भएको नियोगले जनाएको छ । डुंगाको मेसिन विस्फोट हुँदा कम्तीमा ४५ जना आप्रबासी तथा शरणार्थीको मृत्यु भएको विवरणहरू ढिलो गरी सार्वजनिक भएका छन् ।

उक्क विस्फोटमा ज्यान गुमाउनेमा पाँच बालबालिका पनि रहेका छन् । यसरी मृत्यु हुनेमा अधिकांश ज्वारा तटीय क्षेत्रमा ८० जना सवार डुंगाको मेसिन बिस्फोट हुँदा भएको दुर्घटनामा परेका रहेको युएनएचसीआरले जनाएको छ ।

स्थानीय मछवारले उद्धार गरेका ३७ जनाले दिएको जानकारी अनुसार मृतकको संख्या थाहा भएको हो । युएनएचसीआर र आप्रबासीका लागि अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले आप्रबासीको खोजी तथा उद्धारको प्रयासलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।

व्यवस्थित खोजी अभियानको अभावमा भूमध्य सागरमा धेरै आप्रवासीको ज्यान जाने उनीहरूले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ७ : ०८ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको