लिबियामा एक वर्षभित्र भएका डुंगा दुर्घटनामा ३०० भन्दा बढीको मृत्यु « Khabarhub

लिबियामा एक वर्षभित्र भएका डुंगा दुर्घटनामा ३०० भन्दा बढीको मृत्यु


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  लिबियामा एक वर्षभित्र भएका डुंगा दुर्घटनामा ३०० भन्दा बढीको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघको शरणार्थी नियोगका अनुसार एक वर्षभित्र लिबियाबाट समुद्र पार गरेर युरोप प्रवेश गर्न खोज्ने ३०० भन्दा बढीको डुंगा दुर्घटनामा मृत्यु भएको हो ।

यही वर्ष पछिल्लो पटक लिबियामा डुंगा विस्फोटसमेत भएको नियोगले जनाएको छ । डुंगाको मेसिन विस्फोट हुँदा कम्तीमा ४५ जना आप्रबासी तथा शरणार्थीको मृत्यु भएको विवरणहरू ढिलो गरी सार्वजनिक भएका छन् ।

उक्क विस्फोटमा ज्यान गुमाउनेमा पाँच बालबालिका पनि रहेका छन् । यसरी मृत्यु हुनेमा अधिकांश ज्वारा तटीय क्षेत्रमा ८० जना सवार डुंगाको मेसिन बिस्फोट हुँदा भएको दुर्घटनामा परेका रहेको युएनएचसीआरले जनाएको छ ।

स्थानीय मछवारले उद्धार गरेका ३७ जनाले दिएको जानकारी अनुसार मृतकको संख्या थाहा भएको हो । युएनएचसीआर र आप्रबासीका लागि अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले आप्रबासीको खोजी तथा उद्धारको प्रयासलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।

व्यवस्थित खोजी अभियानको अभावमा भूमध्य सागरमा धेरै आप्रवासीको ज्यान जाने उनीहरूले चेतावनी दिएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ७ : ०८ बजे

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको  बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको नागढुङ्गा–मुग्लिन

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

एजेन्सी– पश्चिमी जर्मनीमा डच सीमा नजिकै  विमान दुर्घटना हुँदा  तीन

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

काठमाडौं– प्रतिनिधिसभा तथा सचिवालयका कामकारबाहीलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने उद्देश्यले

सरकारमाथिको प्रश्नले रविसँग बढ्दै बालेनको मतान्तर, अझै दिएनन् बाँकी पदाधिकारीको नाम

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट