विश्वभर २ करोड २५ लाखभन्दा बढीलाई कोरोना संक्रमण « Khabarhub

विश्वभर २ करोड २५ लाखभन्दा बढीलाई कोरोना संक्रमण

एकै दिन २ लाख ६२ हजार ६९६ संक्रमित


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २५ लाख नाघेको छ ।

एकैदिन २ लाख ६२ हजार ६९६ जनामा संक्रमण पुष्टि भएपछि बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २५ लाख ६८ हजार २८२ पुगेको छ ।

यस्तै एकै दिन थप ६ हजार ५०० जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ९० हजार ७८८ पुगेको छ ।

संक्रमितमध्ये १ करोड ५२ लाख ९१ हजार ७०२ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ४ हजार १७४ जनाको मृत्यु भएको छ । ३२ लाख ४७ हजार ४३८ जना संक्रमित भएकोमा १९ लाख ४१ हजार २४४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५२ हजार ५४ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६७ लाख २१ हजार ६६१ पुगेको छ । त्यसमध्ये ३७ लाख ४६ हजार ४९६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २४ हजार ९२० जनाको मृत्यु भएको छ । ५९ लाख २७ हजार ९९२ जना संक्रमित भएकोमा ४६ लाख ३३ हजार ७८६ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८१ हजार ६९५ जनाको मृत्यु भएको छ । ५४ लाख ८४ हजार ३९१ जना संक्रमित भएकोमा ४० लाख ७८ हजार ४४० जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २६ हजार ६८५ जनाको ज्यान गएको छ भने ११ लाख ५१ हजार ६९५ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ७४ हजार ८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४७६ जनाको मृत्यु भएको छ । २६ हजार २५१ जना संक्रमित भएकोमा १६ हजार ९९७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ७ : ३४ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख