निषेध आदेशपछि काठमाडौँ उपत्यका सुनसान, उल्लंघन गर्नेलाई कैद सजाय गरिने   « Khabarhub

निषेध आदेशपछि काठमाडौँ उपत्यका सुनसान, उल्लंघन गर्नेलाई कैद सजाय गरिने  


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बुधबार मध्यरातिबाट जारी गरिएको निषेध आदेशपछि काठमाडौँ उपत्यका सुनसान भएको छ ।

कोरोना संक्रमण तीब्र गतिमा फैलिन थालेपछि काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले तीनै वटै जिल्लामा एक साताको लागि एकसाथ निषेध आदेश जारी गरिएको हो ।

भदौ १० गतेसम्म जारी गरिएको निषेध आदेश कार्यान्वयनका लागि सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । अत्यावश्यक कामका लागि पाससहित हिँडेका सवारीसाधन र मानिसहरूलाई समेत सुरक्षाकर्मीले सोधपुछपछि मात्रै छाडिरहेका छन् ।

निषेध आदेशको यो एक साताको अवधिमा अत्यावश्यक सेवा सञ्चालनमा भने रोक लगाइएको छैन ।

अत्यावश्यक सेवा सञ्चालनका हकमा न्यूनतम कर्मचारीबाट काम चलाउन अपिल गरिएको छ । अत्यावश्यक सेवासँग सम्बन्धित पसललाई निर्वाधरूपमा पूरै समय सञ्चालन गर्न दिन स्थानीय प्रशासनलाई परिपत्र गरिएको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले जानकारी दिए ।

‘अत्यावश्यक सामग्रीका पसल निश्चित समयसम्म मात्र खुला गर्न दिदा भीडभाड बढ्ने ठानेर हामीले पूरै समय खोल्न दिनका लागि स्थानीय तहहरूलाई आग्रह गरेका छौँ, किराना पसल, पानी, औषधि पसल लगायतका पसलमा सुरक्षाकर्मीको अवरोध हुँदैन,’ पौडेलले खबरहबसँग भने ।

तर, औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्यवस्तु वा सेवा खरिद तथा अरू जरूरी कामको औचित्य पुष्टि नभई बाहिर निस्किए कारबाही हुने तीन वटै जिल्लाका स्थानीय प्रशासनले चेतावनी दिएका छन् ।

‘हामीले नागरिककै सुरक्षाका लागि यो कदम चालेका हौँ, कसैले अटेर कानूनी कारबाही भोग्छ,’ पौडेलले भने,’अझै पनि विनम्रतापूर्वक अनुरोध छ निषेध आदेशको पालना गरौँ अन्यथा हामी कैद सजाय पनि गर्न बाध्य हुन्छौँ ।’

निषेध आदेश अटेर गर्ने तथा कार्यान्वयन गर्न अवरोध गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम बढीमा ६ महिनासम्म कैद हुने व्यवस्था कार्यान्वन गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ७ : ५८ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड