कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा « Khabarhub

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णालीमा आज प्रदेश स्थापना तथा शहीद दिवस मनाइँदैछ । यस अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले प्रदेश मन्त्रिपरिषद् बैठकले हरेक वर्ष भदौ ४ गतेलाई प्रदेश स्थापना तथा शहीद दिवसका रुपमा मनाउने निर्णय गरेको बताए ।

विसं २०७२ साउन–भदौमा सञ्चालित प्रदेश प्राप्तिको आन्दोलनमा सहभागी सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र  गोपालसिंह रजवार तथा जुम्लाका हरिबहादुर कुँवरले शहादत प्राप्त गरेका थिए ।

तत्कालीन सरकारले मृतकलाई शहीद घोषणा गर्नाका साथै अलग प्रदेश स्थापनाको माग पुरा गरेपछि आन्दोलन स्थगन भएको थियो । कर्णाली सरकारले यही दिनको सम्झनास्वरुप प्रदेश स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

के थियो आन्दोलन

नयाँ संविधानको मस्यौदा निर्माण अन्तिम चरणमा पुगेका बेला प्रमुख दलका नेताहरु सम्मिलित विशेष समितिले २०७२ साउन २३ मा ६ प्रदेशको खाका सार्वजनिक गरेपछि भेरी–कर्णाली क्षेत्र असहमति जनाउँदै आन्दोलित भयो ।

त्यतिबेला सुदूरका नौ तथा मध्यपश्चिमका १० जिल्ला (रुकुम आधा) समेटेर एउटै प्रदेश प्रस्ताव गरिएको थियो । बेग्लै र स्वायत्त प्रदेशको माग राखी १३ दिनसम्म चलेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सुर्खेतमा तीन र जुम्लामा एक जनाले ज्यान गुमाए, थुप्रै सर्वसाधारण घाइते भए ।

भेरी–कर्णाली क्षेत्रमा आन्दोलन उत्कर्षमा पुग्न थालेपछि भदौ ४ गते प्रमुख राजनीतिक दल प्रस्तावित ६ प्रदेशको सीमाङ्कन पुनरवलोकन गर्न बाध्य भए ।

अन्ततः सात प्रदेशसहितको सङ्घीय संरचना निर्माण गर्ने समझदारीअनुरुप साविक कर्णालीका हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोट, भेरीका दैलेख, सुर्खेत र जाजरकोट, राप्तीका सल्यान र रुकुम (पश्चिम भाग) समेटेर ६ नम्बर प्रदेश घोषणा भयो । यसलाई प्रदेशसभाको पहिलो अधिवेशनले ‘कर्णाली प्रदेश’ नामकरण गरिसकेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ८ : ०६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्