कैलालीको श्रीलङ्का टापुमा कर्णाली नदीको त्रास, १५ बिघा जमिन कटान « Khabarhub

कैलालीको श्रीलङ्का टापुमा कर्णाली नदीको त्रास, १५ बिघा जमिन कटान


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टीकापुर – कैलालीको टीकापुर–८ श्रीलङ्कामा कर्णाली नदीले १५ विघा जमिन कटान गरेको छ ।

नदीले कटान तीव्र पारेपछि स्थानीयवासीमा त्रास सिर्जना भएको छ । नदीले टापुका रुपमा रहेको श्रीलङ्कामा कटान तीव्र पारेपछि स्थानीयले नदी कटान रोक्न स्थानीय सरकारलाई दवाव दिन थालेका छन् ।

स्थानीय जनक बोहराले नदी श्रीलङ्कातर्फ फर्किएर यसवर्ष मात्रै १५ विघा जमिन कटान गरिसकेको बताए ।

‘नदीको बर्दियातर्फ तटबन्ध निर्माण भएको छ । कैलालीको भाग बाँकी छ’, बोहराले भने, ‘दुई वर्षयता नदी कैलालीतर्फ बढी कटान गर्न थालेको छ । नदीले टापुका रुपमा रहेको श्रीलङ्का सक्ने त्रास सिर्जना भएको छ ।’

वैशाखदेखि नै कटान शुरु गरेको नदीले यसवर्ष मात्रै १५ विघा जमिन कटान गरेकोले बस्ती विस्थापित हुने जोखिम बढेको उनले बताए ।

‘श्रीलङ्कामा नदीमा पानीको बहाव बढ्दा पनि कटान हुन्छ, घट्दा पनि कटान हुन थालेको छ’, बोहरा भन्छन्, ‘वर्षेनिको कटानले नदीको बीचमा करिव ५०० विघा टापु बनेको छ । अहिले टापु रहेको ठाउँमा नदी बग्थ्यो, नदीले धार परिवर्तन गरेर स्थानीयको ५०० विघा जमिन प्रयोगविहीन भएको छ ।’

बोहराको पहिले श्रीलङ्कामा साढे ८ विघा जमिन थियो । वर्षेनिको कर्णालीको कटानले अहिले ३ विघामात्र बचेको छ ।

नदीले बोहरासहित दिपेन्द्र भण्डारी, गोपाल साउँद, दिनेश बोहरा, चुलीराम चौधरी, प्रजिते साउँदलगायत नागरिकको जमिन कटान गरिरहेको छ । स्थानीय दिनेश बोहरा सरकारले नदी कटान रोक्नका लागि काम शुरु नगरे श्रीलङ्का गाउँ नै खतरामा पर्ने बताउँछन् ।

कर्णाली नदीको पूर्वपट्टी बर्दियातिर कर्णाली नदी व्यवस्थापन आयोजना र पश्चिमपट्टी कैलालीतिर रानी जमरा कुलरिया सिँचाइ आयोजनाले तटबन्ध गरिरहेको छ ।

श्रीलङ्का कैलालीको भूभाग भए पनि कर्णाली पारी बर्दियाको राजापुर नगरपालिकासँग जोडिएको छ । त्यस क्षेत्रमा कर्णाली नदी व्यवस्थापन आयोजनाले तटबन्धको काम गरिरहेको छ ।

त्यो क्षेत्रमा करिब २ हजार ३०० मिटर तटबन्ध गर्न बाँकी छ । त्यसमा अहिले अस्थायी तटबन्धको काम गर्दा राम्रो नहुने भएकाले स्थायी तटबन्धको लागि पहल भइरहेको आयोजनाका प्रमुख धर्मकुमार न्यौपानेले बताए ।

टीकापुर–५ शाहीपुरमा पनि कर्णाली नदीमा सिँचाइ आयोजनाले निर्माण गरेको तटबन्ध भत्कने जोखिम बढेको छ ।

तटबन्ध वरिपरीको माटोमा चिरा पर्न थालेकाले नदी बस्ती पस्ने जोखिम बढेको हो । नदी बस्तीमा पसे टीकापुर नगरपालिका डुबानमा पर्ने देखिन्छ ।

शाहीपुरमा तटबन्ध भत्किएमा टीकापुरमा हजारौँ परिवार डुबानमा पर्नुका साथै हजारौँ विघा जमिन कटान र डुबानमा पर्ने भएकाले आयोजनालाई अस्थायीरुपमा भए पनि तटबन्ध गर्न आग्रह गरेको स्थानीय बडघर धर्मराज जैसीले बताए ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ९ : २३ बजे

आमा बन्दै सामन्था रुथ प्रभु, फिल्मबाट केही समय विश्राम लिने घोषणा

काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले

महामन्त्रीको दौडबाट पछि हटे कवीन्द्र बुर्लाकोटी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कवीन्द्र

अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै

अर्घाखाँची– डिभिजन वन कार्यालयले जिल्लामा टिमुरखेती प्रवर्द्धन गर्न ६० हजार

लगातार तीन दिनदेखि घटेको सुनको मूल्य आज बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– लगातार तीन दिनदेखि घटिरहेको सुनको मूल्य आज भने बढेको

कांग्रेस महामन्त्री घिमिरे र शेखर कोइरालाबीच भेट, पार्टीभित्रको विवाद समाधानबारे छलफल

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आधिकारिक नेतृत्वसँग