काठमाडौंमा निषेध आदेश, सुरक्षा चेकजाँचमा कडाइ (फोटो फिचर) « Khabarhub

काठमाडौंमा निषेध आदेश, सुरक्षा चेकजाँचमा कडाइ (फोटो फिचर)


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौँ उपत्यकामा गएरातिदेखि निषेध आदेश जारी भएको छ ।

निषेध आदेश जारी भएसँगै काठमाडौंमा आवतजावत तथा मानिसको चहलपहल कम भएको छ । कममात्र सवारी साधन सडकमा गुडेका छन् भने प्रहरीले विभिन्न स्थानमा चेकपोइन्ट बनाएर चेकजाँच गरिरहेको छ ।

अत्यावश्यक बाहेकका काममा हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने उनीहरुलाई प्रहरीले अस्थायी रुपमा तय गरेको होल्डिङ सेन्टरमा राखेको छ ।

त्यस्तै अत्यावश्यक बाहेकका सवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना संक्रमित बढेपछि काठमाडौंका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेश आदेश जारी गरेको छ ।

निषेध आदेश अटेर गर्ने तथा कार्यान्वयन गर्न अवरोध गर्नेलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम बढीमा ६ महिनासम्म कैद हुने व्यवस्था कार्यान्वन गरिने काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेलले बताए ।

यो महामारीबाट बच्न उच्च सतर्कतासहित अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ ।

निषेश आदेश जारी भएको समयमा देखिएको काठमाडौंको सडक र चेकजाँचका तस्वीर हेर्नुहोस्

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ९ : ३८ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले