‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ घोषणा « Khabarhub

‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’ घोषणा


४ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे काव्य पुरस्कार’स्थापना गर्ने घोषणा गरेको छ ।

अनेसास वोर्ड अफ ट्रस्टीका अध्यक्ष गीता खत्रीका अध्यक्षतामा अगष्ट १९ मा अमेरिकामा बसेको बैठकले नेपाली साहित्यका काव्यविधामा प्रकाशित पुस्तकमध्ये उत्कृष्ट पुस्तकका लागि प्रदान गर्ने गरी सो पुरस्कारको स्थापना तथा घोषणा गरेको हो ।

हरेक दुई वर्षमा महाकवि लक्ष्मीप्रसाद देवकोटाका जन्मजयन्तीका अवसरमा प्रदान गरिने उक्त पुरस्कारको राशि दुई हजार अमेरिकी डलर रहेको अनेसास वोर्ड अफ ट्रस्टीका कोषाध्यक्ष राम लामा ‘अविनाशी’ले जानकारी दिए।

यो पुरस्कारका सम्बन्धमा विस्तृत कार्यविधि तथा निर्देशिका तयार गर्न कार्यसमितिले पुरस्कार समितिलाई जिम्मेवारीसमेत दिइसकेको छ । सो काव्य पुरस्कार पहिलोपटक सन् २०२१ मा देवकोटा जयन्तीका अवसरमा प्रदान गरिने अनेसासले जनाएको छ।

प्रकाशित मिति : ४ भदौ २०७७, बिहिबार  १२ : ०८ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा