‘वार’ पछि फेरि थ्रीलर फिल्ममा देखिँदै ऋतिक « Khabarhub

‘वार’ पछि फेरि थ्रीलर फिल्ममा देखिँदै ऋतिक


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय फिल्मस्टार ऋतिक रोशनको पछिल्लो फिल्म ‘वार’ ले बक्स अफिसमा धमाका मच्चाएको थियो । फिल्मले भारतमा मात्र ३ सय करोडभन्दा बढी कमाइ गरेको थियो ।

यो फिल्म ऋतिकको करिअरको सर्वाधिक कमाइ गर्ने फिल्म बन्न सफल भएको थियो । फिल्मको निर्माण यशराज फिल्मसले गरेको थियो ।

यतिबेला यशराज फिल्मस र ऋतिक रोशनले पुनः अर्को फिल्ममा काम गर्न थालेको चर्चा चलेको छ । भारतीय मिडियाका अनुसार ऋतिक र यशराज फिल्मसबीच नयाँ फिल्मका लागि कुराकानी भइरहेको छ ।

यो फिल्म पनि थ्रीलर हुने र सिद्धार्थ मल्होत्राले नै निर्देशन गर्ने जनाइएको छ । यो एक ठूलो बजेटको फिल्म हुनेछ ।

खबरका अनुसार फिल्ममा ऋतिकसँगै अर्का कुनै अभिनेता पनि रहने जनाइएको छ । यद्यपि फिल्मको आधिकारिक घोषणा भने गरिएको छैन ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  १२ : ५६ बजे

लामिन यामल भन्छन्- मेस्सी नै विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ