कोरोना संक्रमण कम गर्न कञ्चनपुरमा निषेधाज्ञा « Khabarhub

कोरोना संक्रमण कम गर्न कञ्चनपुरमा निषेधाज्ञा


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि आज मध्यरात १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले तीज र गौरा पर्वमा यहाँ भीडभाड हुनसक्ने भएकाले आगामी भदौ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए ।

“बजार पनि बेलुकी छिट्टै बन्द गर्न, सरकारी कार्यालयमा भीडभाड कम गर्न र यातायात सञ्चालनमा कडाइ गर्न निषेधाज्ञा जारी गर्ने निर्णय गरेका हौँ”, प्रजिअ खतिवडाले भने, “सङ्क्रामक रोग र स्थानीय प्रशासन ऐनअनुसार यो निर्णय लिइएको हो ।”

उनले निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका उद्योग, व्यापार व्यवसाय सञ्चालन गर्न नपाइने बताए ।

पिसीआर मेसिन हस्तान्तरणको तयारी

जिल्लामै कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले रु ३८ लाखमा पिसीआर मेसिन खरिद गरेको छ ।

मुलुकमा बढ्दै गइरहेको सङ्क्रमण न्यूनीकरणका लागि परीक्षणलाई व्यापक बनाउन नगरपालिकाले आफ्नै लगानीमा पिसीआर मेसिन खरिद गरेको नगरपालिका कार्यालयका खरिद एकाइका प्रमुख इन्जिनियर हिमालयसिंह ऐरले जानकारी दिए ।

उनले नगरपालिकाले आह्वान गरेको सार्वजनिक सूचनाअनुसार सुदीप इन्टरनेशनलले रु ३८ लाखमा खरिद गरी नगरपालिकालाई उपलब्ध गराएको बताए ।

नगरपालिकाले केही दिनभित्रै महाकाली अस्पताललाई मेसिन सञ्चालनका लागि हस्तान्तरण गर्ने जनाएको छ । “प्रक्रिया पुर्‍याउनुका साथै विज्ञसित मेसिन जाँच गराएर सञ्चालनका लागि अस्पताललाई दिने तयारी छ”, उनले भने, “सुदूरपश्चिम प्रदेश सरकार र महाकाली अस्पतालको साझेदारीमा मेसिन सञ्चालन हुनेछ ।”

जिल्लामै प्रयोगशाला सञ्चालनमा आए काम गर्न सहज हुने कोभिड–१९ कञ्चनपुरका सम्पर्क व्यक्ति सिद्धराज भट्टले बताए । यसअघि यहाँबाट स्वाब सङ्कलन गरेर परीक्षणका लागि धनगढी पठाउने गरिएको थियो ।

“मेसिन सञ्चालनमा आए धेरै सहज हुने थियो”, उनले भने, “अहिले यहाँको ४०० स्वाबको रिपोर्ट आउन बाँकी छ ।”

कञ्चनपुरमा हालसम्म ६०७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ५८५ जना निको भइसकेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ६ : १९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्