देवदहमा मृत्यु भएका पुरूषमा पनि देखियो कोरोना « Khabarhub

देवदहमा मृत्यु भएका पुरूषमा पनि देखियो कोरोना


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुपन्देहीको देवदहमा बुधवार ज्यान गुमाएका पुरुषमा कोरोना संक्रमण भएको देखिएको छ ।

देवदह नगरपालिका–९ भलुहीमा रहेको देवदह मेडिकल कलेजमा उपचाररत देवदह–३ सिसपुरका ७० वर्षीय पुरुषको बुधवार मृत्यु भएको थियो ।

मृतकको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको हो । ती पुरुष लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र पक्षघातका बिरामी रहेको उनका आफन्तले जनाएका छन् ।

कोरोना देखिएका ती पुरुषको नेपाली सेनाले दाह संस्कार गर्ने भएको छ । योसँगै देवदह नगरपालिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।

कोरोना संक्रमण बढेपछि देवदह नगरपालिकामा लकडाउन गरिएको छ भने सिसपुरलाई सिल गरिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ६ : ३१ बजे

एमालेले शनिबार प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने, बोलायो सचिवालय बैठक

काठमाडौं- फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार टुंगो लगाउन नेकपा

गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा

वाशिङ्न- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा शान्ति परिषद् गठन गर्ने

कसैलाई बाँड्न र दिनै नमिल्ने नोबेल पदक नियमविपरीत उपहारमा लिए ट्रम्पले

वाशिङ्टन- भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोले अमेरिकी राष्ट्रपति डोनाल्ड

विशेष महाधिवेशनमा ५७.२१ प्रतिशत प्रतिनिधि सहभागी : महामन्त्री घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले पार्टीका तत्कालीन कार्यबाहक सभापतिले

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा