लिदी पहिरो पीडितका लागि तामाङ समाज कतारद्वारा आर्थिक सहयोग « Khabarhub

लिदी पहिरो पीडितका लागि तामाङ समाज कतारद्वारा आर्थिक सहयोग


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – प्रवासी तामाङ समाज कतारले सिन्धुपाल्चोक लिदीका बाढीपहिरो पीडितका लागि पहिलो चरणमा १ लाख पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

समाजले जिल्लाका जुगल गाउँपालिका-२ लिदीका बाढीपहिरो पीडितका लागि मंगलबार सहयोग गरेको थियो । उक्त सहयोग पीडितसम्म पुर्‍याउन तामाङ समाज नेपालले समन्वय गरेको तामाङ समाज नेपालका अध्यक्ष रोशन दोङले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा सगु प्रोडक्सनका प्रोभाइटर गणेश अधिकारी, अन्तर्राष्ट्रिय तामाङ परिषदका वरिष्ठ उपाध्यक्ष टासी लामा तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका सचिव रोबिन तामाङको उपस्थितिमा सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाकी उपप्रमुख सृजना तामाङलाई बौद्धस्थित छिमेकी क्याफेमा एक समारोहका बीच रकम हस्तान्तरण गरिएको समाजका अध्यक्ष दोङले बताए ।

कार्यक्रममा सगु प्रोडक्सनले समेत पाँच हजार सहयोग गरेको र जम्मा १ लाख पाँच हजार हस्तान्तरण गरिएको समाजले जनाएको छ । उक्त सहयोग तत्कालको लागि पीडितहरुको अति आवश्यक कामहरुको प्रयोजनका लागि प्रदान गरिएको जनाएको छ ।

राहत संकलन कार्य भैरहेको जनाउँदै समाजले अझै केही दिनको लागि विश्वव्यापी रुपमा निरन्तरता दिइने र उक्त अभियानबाट उठ्ने बाँकी रकमपछि तामाङ समाजकै समन्वयमा एकमुष्ट हस्तान्तरण गर्ने समाजका सह-कोषाध्यक्ष तथा सिन्धुपाल्चोक जुगल लिदी सहयोग संकलनका संयोजक सुवास तामाङले बताए ।

जुगल गाउँपालिका–२ लिदीमा गत साउन ३० गते गएको पहिरोमा पुरिएर ३९ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये ३० जनाको शव भेटिएको छ भने अझै ९ जना बेपत्ता छन् । उनीहरु खोजो जारी राखिएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ९ : २१ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर