मन्त्रिपरिषद् बैठक : विदेशबाट नेपालीको पुनः उद्धार सुरु गरिने « Khabarhub

मन्त्रिपरिषद् बैठक : विदेशबाट नेपालीको पुनः उद्धार सुरु गरिने

स्वदेश फर्किएपछि ७ दिन होटेलमा बस्नैपर्ने मापदण्ड


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌ं- सरकाले कोरोना महामारी लगायत विभिन्न कारणले विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धार पुनः सुरु गर्ने निर्णय गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दैनिक ३ चार्टर उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीहरुको उद्धार गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको उनले जानकारी दिए ।

उनले भने, ‘हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गर्नेछ ।  होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।’

विदेशबाट आएका यात्रुले पीसीर रिर्पोट ल्याए पनि ७ दिन क्वारेन्टिन बस्नुपर्ने निर्णय भएको ती मन्त्रीले बताए।

पर्यटन मन्त्रालयको समन्वयमा विदेशबाट आएका यात्रुलाई बस्ने होटलको लिस्ट तयार गरिने उनले बताए ।

यसअघि सोमबार कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान रोकेको थियो ।

यसैगरी नेपाल-भारत सीमाका १० नाकाबाट स्वदेश फर्किएका व्यक्तिले पीसीआर रिर्पोट ल्याएपनि आफ्नै खर्चमा ७ दिन क्वारेन्टाइन बस्नुपर्ने भएको छ। कोरोना संक्रमणबाट आफै सजक हुनु पर्ने भएको र अरुलाई संक्रमण नहोस् भन्ने उद्देश्यले यस्तो मापदण्ड बनाइएको उनले बताए ।

बैठक कोरोना रोकथामकै एजेण्डामा केन्द्रित भएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा धेरै बोलेनन् । उनले सबै मन्त्रीहरुलाई आ-आफ्ना धारणाहरु राख्न समय दिएका थिए ।

बैठकले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुमार्फत घोषणा गरिएका निषेधाज्ञाको कार्यान्वयन र पालनाका लागि गृह प्रशासनलाई निर्देशन दिने निर्णय गरेको उनले बताए ।

यसैगरी बैठकले निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुखद निधन भएकोमा औपचारिकरुपमा श्रद्धाञ्जली अर्पण गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  १० : १४ बजे

सीको जोड : बलियो सेना, भ्रष्टाचार नियन्त्रण र ताइवानसँग एकीकरण

बेइजिङ- चिनियाँ राष्ट्रपति सी जिनपिङले देशको रक्षा क्षमता थप सुदृढ बनाउने,

सञ्चारमन्त्रीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूतद्वारा शिष्टाचार भेटवार्ता

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अस्ट्रेलियाका

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक