नेकपा सचिवालय बैठक पेरिसडाँडामा, मन्त्री हेरफेरको विषय छलफलमा « Khabarhub

नेकपा सचिवालय बैठक पेरिसडाँडामा, मन्त्री हेरफेरको विषय छलफलमा


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा बस्दैछ ।

पूर्वमाओवादीको मुख्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी गत शुक्रबार नै बोलाइएको बैठक संविधान दिवसको कार्यक्रममा व्यस्त हुनुपर्ने कारण देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् ।

बिहान ११ बजे हुने बैठकमा पार्टीको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रीहरू हेरफेरको सूची तयार पार्न जिम्मेवारी दिन पनि सक्ने प्रचण्ड निकट नेताले बताएका छन् ।

यस अतिरिक्त आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउने विषय पनि छलफलमा रहेको बताइएको छ ।

२६ भदौको स्थायी कमिटी बैठकले दाहाल र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पारेको थियो ।

उक्त बैठकले अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतपमा अघि बढाउन समन्वय गर्ने उल्लेख गरिएकाले यिनै विषयलाई केन्द्रमा राखेर छलफलको तयारी गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : २० बजे

प्रि ओपन सेसन : एक अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन प्रि ओपन सेसनमा नेपाल स्टक

निर्वाचन लोकतन्त्रको असल अभ्यास हो : गृहमन्त्री अर्याल

 सुर्खेत – गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको एक असल अभ्यास

वीरगञ्जबाट पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा ७२

‘समावेशी नेपाल राजनीतिक आकाङ्क्षा होइन, सामाजिक आवश्यकता हो’

हेटौँडा– उत्थानशील र समावेशी नेपाल निर्माणका लागि राजनीतिक स्थायित्व नै

रविलक्ष्मी भेट्न डल्लु पुगे प्रचण्ड र माधव

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’