नेकपा सचिवालय बैठक पेरिसडाँडामा, मन्त्री हेरफेरको विषय छलफलमा | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक पेरिसडाँडामा, मन्त्री हेरफेरको विषय छलफलमा


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा बस्दैछ ।

पूर्वमाओवादीको मुख्यालय रहेको कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी गत शुक्रबार नै बोलाइएको बैठक संविधान दिवसको कार्यक्रममा व्यस्त हुनुपर्ने कारण देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् ।

बिहान ११ बजे हुने बैठकमा पार्टीको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिए ।

बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रीहरू हेरफेरको सूची तयार पार्न जिम्मेवारी दिन पनि सक्ने प्रचण्ड निकट नेताले बताएका छन् ।

यस अतिरिक्त आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउने विषय पनि छलफलमा रहेको बताइएको छ ।

२६ भदौको स्थायी कमिटी बैठकले दाहाल र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पारेको थियो ।

उक्त बैठकले अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतपमा अघि बढाउन समन्वय गर्ने उल्लेख गरिएकाले यिनै विषयलाई केन्द्रमा राखेर छलफलको तयारी गरिएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : २० बजे

२१ अंकले बढ्यो नेप्से, कारोबार १६ अर्ब बढी 

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.७६ अंकले बढेको छ

पर्यटन नीति, २०८२ जारी : पर्यटनको विकासदेखि स्वरोजगार पैदा गर्नेसम्मको उद्देश्य 

काठमाडौं– सरकारले पर्यटन नीति, २०८२ जारी गरेको छ । पर्यटन

युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने नीति जरुरी : अध्यक्ष दाहाल

काठमाडौं – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपाली युवा पुस्तालाई कृषि

साउनको पहिलो सोमबार पशुपतिनाथ पुगे मन्त्री पाण्डे

काठमाडौं– साउनको पहिलो सोमबारको अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

दुधौलीमा एक युवकको शव भेटियो

सिन्धुली– दुधौली नगरपालिका–२ लामिडाँडामा एक युवकको शव फेला परेको छ