पसलैपिच्छे एलपी ग्यासको मूल्य फरक, उपभोक्ता ठगिदा पनि भएन कारबाही | Khabarhub Khabarhub

पसलैपिच्छे एलपी ग्यासको मूल्य फरक, उपभोक्ता ठगिदा पनि भएन कारबाही


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीमा पसलैपिच्छे एलपी ग्यासको फरक मूल्य लिने गरेको पाइएको छ ।

ग्यास डिलरमा एक मूल्य तथा सबडिलरमा अर्को मूल्य लिई ग्यास बिक्री वितरण गरिए पनि प्रशासनले नियमन नगर्दा उपभोक्ता ठगिएका छन् ।

दिपायल, सिलगढी, राजपुर तथा पिपल्ला बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको शिखर नगरपालिका–२ कालागाढका स्थानीय हर्कबहादुर साउदले बताए ।

‘डिलर सबडिलरमै ग्यासको मूल्य फरक छ जसले गर्दा हामी उपभोक्ता मारमा परेका छौँ, हाम्रो मर्का कसले बुझ्ने,’ उनले भने ।

डोटीमा पाइने भेरी तथा रेडिएन्ट ग्यासको मूल्य ग्यास कम्पनीले एक हजार ३१३.७५ मा सम्बन्धित डिलरमा आपूर्ति गर्ने गरेको जनाएको छ ।

तर, ग्यास डिलरले थोक बिक्रीमा उक्त ग्यास रु एक हजार ४५० लिने तथा फुटकरमा रु एक हजार ५०० लिने गरेका छन् ।

सोही ग्यास सबडिलरबाट उपभोक्ताले किन्दा रु एक हजार ६०० सम्म लिने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीय हरि विकले बताए ।

उनले भने, ‘ग्यास कम्पनीले सरकारले तोकेको मूल्यमा दिने तर डिलर र सबडिलरले सरकारले तोकेकै मूल्यमा दिनुपर्ने ठाउँमा बढी मूल्य लिएर बिक्री गर्ने गर्छन्, यो विषयमा कसैले पनि चासो देखाएका छैनन् ।’

ग्यास विक्रेताले फरक मूल्यमा ग्यास बिक्री वितरण गरिरहेको जानकारी पाए पनि सम्बन्धित निकायले यो विषयमा कुनै जानकारीसम्म लिने नगरेको स्थानीय उपभोक्ताको गुनासो छ ।

दिपायल पिपल्लामा रेडिएन्ट ग्यासका डिलर व्यापारी देवेन्द्र खड्काले ग्यास कम्पनीले एक हजार ३१३.७५ मा ग्यास दिने गरेको भए पनि त्यसमा लोड, अनलोड तथा भ्याट नजोड्ने गरेको तर पछि लिने गरेकाले सो रकम जोडेर ग्यास बेच्ने गरेको बताए ।

उनले भने, ‘कम्पनीले लोड, अनलोड तथा भ्याटको रकम नजोडेर बिल पठाएको हुन्छ, पछि उक्त रकम अलग बिलमा जोडेर दिएको हुन्छ, अनि हामीले उक्त रकम जोड्दा बढी आउने भएकाले बढी रकम लिएका हौँ, गलत मूल्य लिएका छैनौँ ।’

डिलरमा लोड, अनलोड तथा भ्याटको रकम जोड्दा रु एक हजार ४५० हुने गरेकाले फुटकर बेच्दा रु एक हजार ५०० लिने गरेको तथा थोकमा किन्दा रु एक हजार ४५५ सम्म लिने गरेको डिलर व्यापारी खड्काले स्वीकार गरे ।

त्यस्तै पिपल्लामा रहेका ग्यास बिक्री गर्ने सबडिलर अवस्थी तथा बोहरा पसलमा सोही ग्यासको रु एक हजार ६०० पर्ने गरेको स्थानीय उपभोक्ताको आरोप छ ।

कैलालीका ग्यास डिलरबाट ग्यास ल्याउने गरेका कारण भाडालगायत लोड, अनलोड तथा पसलको भाडा मिलाएर रु एक हजार ६०० लिने गरेको पसल सञ्चालकहरुले स्वीकार गरेका छन् ।

जिल्लामा खुलेआमरूपमा यसरी ग्यासको मूल्य पसलैपच्छिे फरक पाउने गरेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले सरकारले तोकेको रकमभन्दा बढी ग्यासको मूल्य लिएर बिक्री गर्ने व्यापारीलाई कारवाही गरिने बताए ।

उनले भने, ‘ग्यासमा सरकारले तोकेको रकमभन्दा एक रुपैयाँ पनि बढी लिन पाइँदैन, यसरी पसलैपिच्छे फरक रकम लिइएको छ भने तुरुन्त कारवाही गछर्नैँ ।’

जिल्लाका कुनकुन पसल तथा व्यापारीले यसरी बढी मूल्य लिएर ग्यास बिक्री गर्ने गरेका छन् सो विषयमा अनुगमनसहित जानकारी लिन र कारवाही गर्नका लागि आफूले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी भट्टराइले जानकारी दिए ।

 

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : ५० बजे

म्याग्दी महोत्सवमा १० करोडको कारोबार

म्याग्दी– म्याग्दीको बेनीमा आयोजना भएको आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा– शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएका माछा बिक्रीमा रोक लगाएको

कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके– चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन

गैँडाको आक्रमणबाट मृत्यु

चितवन– चितवनको भरतपुरमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।