सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अब कोरोना संक्रमितको उपचार नहुने « Khabarhub

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अब कोरोना संक्रमितको उपचार नहुने


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- कोरोना संक्रमित शुन्यमा झरेपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइशोलेसन बन्द गरिरएको छ ।

जिल्लामै पहिलो पटक स्थापना गरिएको कोरोना विशेष आइसोलेसन अस्पताल बन्द भएको हो । पछिल्लो पटक शनिबार २२ जना कोरोना संक्रमण मुक्त भएसँगै अस्पतालमा कोरोनाको सेवा पनि बन्द गरिएको हो ।

उपचाररत सबै संक्रमित संक्रमण मुक्त भएपछि आइसोलेसन बन्द गरिएको र अब क्यान्सर रोगका बिरामीको उपचार सुरू गरिने  अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले बताए।

अब कोही कोरोना संक्रमण भएर आए उनीहरूलाई भेरी अस्पतालमा पठाइने तय भएको तय भएको छ ।

क्यान्सर रोगीमा कोरोना संक्रमण देखिएमा मात्र क्यान्सर अस्पतालमा राखेर उपचार गरिने उनले बताए।

प्रदेश ५ सरकारले क्यान्सर अस्पताललाई गत वैशाखदेखि कोरोना विशेष आइसोलेसन अस्पतालका रुपमा स्थापना गरेको थियो।

उक्त कोरोना अस्पतालमा दुई बेड भ्यान्टिलेटर, ६ बेड आइसियुसहित ५० बेड ब्यवस्था गरिएको थियो।

 

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : ५५ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को