सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अब कोरोना संक्रमितको उपचार नहुने « Khabarhub

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अब कोरोना संक्रमितको उपचार नहुने


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- कोरोना संक्रमित शुन्यमा झरेपछि बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइशोलेसन बन्द गरिरएको छ ।

जिल्लामै पहिलो पटक स्थापना गरिएको कोरोना विशेष आइसोलेसन अस्पताल बन्द भएको हो । पछिल्लो पटक शनिबार २२ जना कोरोना संक्रमण मुक्त भएसँगै अस्पतालमा कोरोनाको सेवा पनि बन्द गरिएको हो ।

उपचाररत सबै संक्रमित संक्रमण मुक्त भएपछि आइसोलेसन बन्द गरिएको र अब क्यान्सर रोगका बिरामीको उपचार सुरू गरिने  अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले बताए।

अब कोही कोरोना संक्रमण भएर आए उनीहरूलाई भेरी अस्पतालमा पठाइने तय भएको तय भएको छ ।

क्यान्सर रोगीमा कोरोना संक्रमण देखिएमा मात्र क्यान्सर अस्पतालमा राखेर उपचार गरिने उनले बताए।

प्रदेश ५ सरकारले क्यान्सर अस्पताललाई गत वैशाखदेखि कोरोना विशेष आइसोलेसन अस्पतालका रुपमा स्थापना गरेको थियो।

उक्त कोरोना अस्पतालमा दुई बेड भ्यान्टिलेटर, ६ बेड आइसियुसहित ५० बेड ब्यवस्था गरिएको थियो।

 

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : ५५ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु