धेरै कफी पिउने बानी छ ? सावधान ! गम्भीर असर पर्नसक्छ « Khabarhub

धेरै कफी पिउने बानी छ ? सावधान ! गम्भीर असर पर्नसक्छ


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो महिनामा मात्र होइन गर्मी मौसममा पनि कफी पिउने गरिन्छ ।

कतिपय मानिस त कफीको शौखिन नै हुने गर्दछन् । विशेष गरी कार्यालयमा काम गर्ने युवापुस्ता माझ कफी क्रेज बढि छ ।

झ्याप झ्याप निन्द्रा लाग्दा होस् वा तलतल मेटाउन कफी पिउनेहरु बढि भेटिन्छन् । तर कफीलाई शौखका रुपमाभन्दा पनि आवश्यकताको आधारमा पिउनु पर्दछ । मन पर्यो भन्दै कफीको अत्यधिक सेवन गरेमा यसको लाभको सट्टा हानी हुने गर्दछ ।

चिकित्सकका अनुसार दिनमा ३/४ कपभन्दा बढि कफीको सेवन गर्नु हुदैन । अन्यथा यसले निन्द्रामा प्रभाव पार्दछ । मानिस पर्याप्त निदाउन पाउँदैन । यस अलावा कफीको अत्यधिक सेवनले मानसिक तथा शारीरिक समस्या निम्त्याउँछ । कफीले मानिसलाई डर पैदा गर्ने र मुटुको धड्कन रोक्ने सम्भावना बढाउने गर्दछ ।

अध्ययन अनुसन्धानका अनुसार धेरै कफी पिउदा स्वास्थ्यमा खतरा बढ्दछ । कफीमा हुने कफिनको अत्यधिक सेवनले गर्भपतनको सम्भावना बढी हुन्छ । त्यसैले गर्भवती महिलाले सकेसम्म बढी कफी सेवन गर्न हुदैन । अन्यथा कम वजनको शिशु जन्मने, शारीरिक तथा मानसिक अपाङ्गता हुन सक्ने सम्भावना धेरै हुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : ३८ बजे

पोखराबाट काठमाडौं आइरहेको बस मध्यराति त्रिशूलीमा खस्यो, कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं– पोखराबाट काठमाडौं आइरहेको एउटा यात्रुवाहक बस मध्यराति (सोमबार बिहान

विश्वकप : दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले

निर्वाचन आयोगले भन्यो : चुनाव प्रचारमा भौतिक स्वरूपका चुनाव चिह्न प्रयोग नगर्नू

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छ : यादव

सप्तरी – जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र