कोरोना संक्रमित बढ्दै जाँदा भारतका अस्पतालमा अक्सिजन अभाव « Khabarhub

कोरोना संक्रमित बढ्दै जाँदा भारतका अस्पतालमा अक्सिजन अभाव


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना संक्रमित बढ्दै गएपछि भारतका अस्पतालहरूमा अक्सिजन अभाव हुन थालेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमितमध्ये करिब १५ प्रतिशत बिरामीलाई श्वासप्रश्वासका लागि अक्सिजनको आवश्यकता पर्छ । त्यसमध्ये कतिपयलाई भेन्टिलेटरमा राख्नुपर्छ । तर, भारतमा अक्सिन अभाव हुँदै जाँदा बिरामी प्रभावित हुन थालेका छन् ।

अस्पताल तथा हेरचाह केन्द्रहरूले यो महिना मात्र दैनिक २ हजार ७ सय टन अक्सिजन खपत गर्न थालेका छन् ।

भारतीय ग्यास उत्पादक संघका अनुसार अप्रिलमा ७ सय ५० टन अक्सिजन खपत भएको थियो ।

उत्पादकहरूले भने लकडाउनका क्रममा बन्द भएका कतिपय कम्पनीहरू अझै नखुलिसकेकाले पनि अक्सिजनको अभाव भएको दाबी गरेका छन् ।

पछिल्लो समय खासगरी संक्रमण तीव्र भएका महाराष्ट्र, मध्यप्रदेश, गुजरात, राजस्थान, तेलंगाना, आन्ध्र प्रदेशमा समस्या भयावह देखिएको छ ।

भारतमा अक्सिजन शुद्ध गर्ने करिब ५ सय कम्पनी छन् । ती कम्पनीले उत्पादन गर्ने करिब १५ प्रतिशत अस्पतालहरूमा प्रयोग हुन्छ ।

विश्वकै दोस्रो धेरै संक्रमित भएको भारतमा आइतबार बिहानसम्म ५४ लाख नाघेको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ०५ बजे

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल पक्राउ

काठमाडौं – शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी