चलचित्र प्राविधिकहरुलाई राजेश हमालको सहयोग « Khabarhub

चलचित्र प्राविधिकहरुलाई राजेश हमालको सहयोग


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालले समस्यामा परेका ११३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन् ।

चलचित्र प्राविधिक संघको आयोजनामा गरिएको एक कार्यक्रममा अभिनेता हमालले लकडाउनका कारण समस्यामा परेका प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँका दरले सहयोग गरेका हुन् ।

कार्यक्रममा हमालले प्राविधिकहरु आफ्ना लागि सधै उच्च रहेको बताए । साथै उनले समस्यामा परेका प्राविधिकलाई थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

कोरोना भाइरसको महामारीका कारण कैयन् चलचित्र प्राविधिकहरू समस्यामा परेका छन् ।

अभिनेता हमालले आफू र नजिकका साथीहरुसँग उठाएर ५ लाख ६५ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले विदेशमा रहेका आफ्ना साथीहरुलाई प्राविधिकहरुको सहयोगमा जुटेको भन्दै धन्यवाद समेत दिए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ४७ बजे

१६ दिने महालक्ष्मी व्रत समापन गरिँदै

काभ्रे– यही असोज २ गते (भदौ शुक्ल सप्तमी) देखि सुरु

को हुन करोडौँलाई हँसाउने ‘लाफिङ ब्वाई’ ?

सामाजिक सञ्जाल चलाउने क्रममा तपाईंको स्क्रिनमा एउटा यस्तो अनुहार पक्कै

तस्बिरमा हेर्नुहोस् जुम्लाको मार्सी फाँट (तस्बिर)

जुम्ला– मार्सी धान पाक्ने समय नजिकिएसँगै जुम्लाका तिला र हिमा

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले