आइपीएलमा सन्दीप आवद्ध दिल्लीको खेल आज « Khabarhub

आइपीएलमा सन्दीप आवद्ध दिल्लीको खेल आज


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा आज नेपाली स्पिनर सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटल्सले  किंग्स इलेभेन पञ्जाबसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सूरु हुनेछ ।

दिल्लीमा रविचन्द्रन आश्विन, अमित मिश्रा र अक्षर पटेल जस्ता अनुभवी स्पिनर भएकाले सन्दीपले आजकै खेलमा स्थान पाउने सम्भावना कम रहेको बताइएको छ ।

सन्दीप क्यारेबियन प्रिमियर लिग (सीपीएल) सकेर आईपीएल खेल्न दुबई पुगेका हुन् । उनी दिल्लीको प्रशिक्षणमा समेत सहभागी बनेका छन् । सन्दीप प्लेइङ सेटमा बनाउने स्थान र उनको प्रर्दशनमा नेपाली खेल प्रशंसकको खास नजर रहनेछ ।

किंग्स इलेभेन पञ्जाबलाई अनिल कुंबलले नेतृत्व गर्नेछन् भने दिल्ली क्यापिटल्स रिकी पोन्टिङ्गको योजनामा मैदान उत्रनेछ । दुवै टिममा ठुला सट खेल्ने खेलाडीको कमी छैन ।

दिल्लीको ब्याटिङ्ग लाइनमा युवा स्टार पृथ्वी शासहित ऋषभ पन्त, शिखर धवनसहित वेस्ट इन्डिजका सिमरन हेटमेयर सामेल हुनेछन् । पञ्जाबमा क्रिस गेलसहित ग्लेन म्याक्सवेल जस्ता ठुला सट प्रहार गर्ने खेलाडी रहेका छन् ।

यसअघि उद्घाटन खेलमा चेन्नेइ सुपर किङ्ग्सले मुम्बइ इन्डियन्सलाई हराउँदै विजयी सुरुवात गरिसकेको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ५० बजे

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०