यी हुन दूधमा बेसार हालेर पिउँदा शरीरलाई हुने फाइदा « Khabarhub

यी हुन दूधमा बेसार हालेर पिउँदा शरीरलाई हुने फाइदा


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बेसार हालेको दूध पिउँदा शरीरलाई विभिन्न प्रकारका फाइदाहरु पुग्ने चिकित्सकहरु बताउँछन् ।

कोरोना भाइरसको महामारीमा यसको सेवनले रोग प्रतिरोधात्मक क्षमता समेत बढाउन मद्दत गर्छ । करक्युमिन एन्टिअक्सिडेन्टले भरपूर बेसार दूधमा हालेर पिउँदा स्वास्थ्यमा विभिन्न लाभ पुग्छ ।

यस्ता छन् फाइदा-

१.रोग प्रतिरोधात्मक क्षमता बढ्छ । जिवाणुरोधी, एन्टिभाइरल, एन्टीफंगल जस्ता गुणहरु भएकाले यसको सेवन गर्दा फ्लु, चिसो, खोकी जस्ता समस्याहरु निको हुन्छन् ।

२. बेसार हालेको दूधले शरीरका अंगहरु सुन्निने समस्या पनि कम गर्छ । यसका साथै यसले गाँठागुठी दुख्ने समस्या पनि कम गर्छ ।

३. यदि कुनै पनि कारणले शरीरको बाहिरी र भित्री अंगमा चोटपटक लागेको छ भने दूधमा बेसार मिसाएर पिउँदा घाउ छिटो निको हुन्छ । यसमा भएको एन्टीब्याक्टेरियल र एन्टिसेप्टिक गुणले ब्याक्टेरियाहरुलाई शरीरमा फैलन दिँदैन ।

४.बेसार भएको दूधले दिमागलाई समेत बलियो बनाउँछ । यसले स्मरण शक्तिमा सुधार ल्याउँछ । साथै, मिठो निन्द्राका लागि पनि यो फाइदाजनक छ । केही अनुसन्धानमा उल्लेख भएअनुसार बेसारले दिमागको कार्योँमा प्रभाव पार्ने भएकाले रातिमा दूध र बेसार मिसाएर पिउँदा निद्रा नलाग्ने समस्याबाट छुटकारा दिलाउँछ ।

५. बेसार भएको दूधले हर्मोनको असन्तुलनलाई समेत सन्तुलन कायम राख्न सहयोग गर्छ । जुन महिलामा अनियमित महिनावारीको समस्या छ ति महिलाहरुका लागि पनि लाभदायी हुन्छ । यस्तै, बेसारले अनुहारमा भएका दाग धब्बा समेत हटाउन सहयोग गर्छ ।

६. बेसार भएको दूधले रगतमा चिनीको मात्रा नियन्त्रण गर्छ । साथै टाइप २ मधुमेहका रोगीहरुका लागि रगतमा चिनीको मात्रा घटाउन समेत मद्दत गर्छ । साथै, यसले क्यान्सरको जोखिम समेत कम गराउँछ ।

७. बेसार भएको दूधले पाचन प्रक्रियालाई समेत बलियो बनाउँछ । एसिडिटी कम गराउँछ । दूधमा धेरै बेसार मिसाउन भने हुँदैन । त्यसैले सानो चम्चाको एक चम्चा बेसार स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

८. बेसार भएको दूधमा थोरै मरिचको धुलो मिसाएर पिउँदा घाँटीमा आउने समस्या समेत कम हुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ६ : ४६ बजे

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’