जिओ फोर्डको ‘फोर्ड चाडपर्व अफर’ शुरु « Khabarhub

जिओ फोर्डको ‘फोर्ड चाडपर्व अफर’ शुरु


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले चाडपर्व अफर प्रस्तुत गरेको छ ।

कम्पनीले फोर्डका कारहरु फिगो, एस्पाएर, फ्रिस्टाइल र इकोस्पोर्टको भेरियन्टमा किन्‍ने ग्राहकलक्षित आकर्षक योजना ल्याएको हो ।

यस वर्षको फोर्ड फेस्टिभ अफर अनुसार उपलब्ध तीन अफर मध्ये ग्राहकले एउटा छनोट गर्न सक्छन् र नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निःशुल्क बीमा जस्ता नियमित लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

जीओका अनुसार गाडीको बुकिङमा नगद छुट, सडक कर र बीमाको नियमित लाभहरुबाहेक ग्राहकले तीनमध्ये एक योजना छनोट गर्न सक्छन् ।

पहिलो योजनामा ग्राहकले बक्सबाट तीनवटा स्क्रयाच कार्ड छनोट गरी ४ लाख ५० हजार रुपैयाँसम्म जित्ने मौका पाउँछन् । प्रत्येक स्क्रयाच कार्डमा ग्यारेन्टी मूल्य २५ हजार र बढीमा एक लाख ५० हजार रुपैयाँसम्म हुन्छ । यो अफर अन्‍तर्गत ग्राहकले विस्तृत बीमा र आधारभूत एसेसोरिज प्राप्त गर्छन् ।

दोस्रो योजना अनुसार ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकरा दिनेछ । यो योजना माछापुच्छ्रे बैंकमार्फत उपलब्ध हुनेछ । जीओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज बापतको रकम तिरिदिनेछ । यो योजनामा ग्राहकहरुले एसेसोरिज र बिमा पनि प्राप्त गर्छन् ।

तेस्रो योजना हो स्थगित भुक्तानी अर्थात् डिफर्ड पेमेन्ट । योजना अनुसार ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशत डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सकिन्छ । बाँकी २० प्रतिशतका लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिन्छ । यी ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाइ किस्तामा तिर्नु पर्ने कम्पनिले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : ५८ बजे

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा

दमकमा रास्वपा कार्यकर्ताद्वारा आक्रमण गरिएको भन्दै एमालेद्वारा भर्त्सना

दमक (झापा)- नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आफ्ना

निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं- सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने

तोडियो चुनावअघि गठबन्धन गर्ने दलहरूको परम्परा

काठमाडौं – दलहरुबीच चुनावअघि नै गठबन्धन गर्ने परम्परा यसपटक उल्टिएको