जिओ फोर्डको ‘फोर्ड चाडपर्व अफर’ शुरु « Khabarhub

जिओ फोर्डको ‘फोर्ड चाडपर्व अफर’ शुरु


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जीओ अटोमोबाइल्सले चाडपर्व अफर प्रस्तुत गरेको छ ।

कम्पनीले फोर्डका कारहरु फिगो, एस्पाएर, फ्रिस्टाइल र इकोस्पोर्टको भेरियन्टमा किन्‍ने ग्राहकलक्षित आकर्षक योजना ल्याएको हो ।

यस वर्षको फोर्ड फेस्टिभ अफर अनुसार उपलब्ध तीन अफर मध्ये ग्राहकले एउटा छनोट गर्न सक्छन् र नगद छुट, आर्थिक वर्षका लागि सडक कर र एक वर्ष निःशुल्क बीमा जस्ता नियमित लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।

जीओका अनुसार गाडीको बुकिङमा नगद छुट, सडक कर र बीमाको नियमित लाभहरुबाहेक ग्राहकले तीनमध्ये एक योजना छनोट गर्न सक्छन् ।

पहिलो योजनामा ग्राहकले बक्सबाट तीनवटा स्क्रयाच कार्ड छनोट गरी ४ लाख ५० हजार रुपैयाँसम्म जित्ने मौका पाउँछन् । प्रत्येक स्क्रयाच कार्डमा ग्यारेन्टी मूल्य २५ हजार र बढीमा एक लाख ५० हजार रुपैयाँसम्म हुन्छ । यो अफर अन्‍तर्गत ग्राहकले विस्तृत बीमा र आधारभूत एसेसोरिज प्राप्त गर्छन् ।

दोस्रो योजना अनुसार ग्राहकलाई पहिलो ६ महिना बैंकलाई किस्ता भुक्तानी गर्नु नपर्ने हुनाले मासिक किस्ताको तनावबाट छुटकरा दिनेछ । यो योजना माछापुच्छ्रे बैंकमार्फत उपलब्ध हुनेछ । जीओ फोर्डले ग्राहकको पहिलो ६ महिनाको ब्याज बापतको रकम तिरिदिनेछ । यो योजनामा ग्राहकहरुले एसेसोरिज र बिमा पनि प्राप्त गर्छन् ।

तेस्रो योजना हो स्थगित भुक्तानी अर्थात् डिफर्ड पेमेन्ट । योजना अनुसार ग्राहकले ३० प्रतिशत रकम डाउनपेमेन्टका साथ बैंकबाट जारी ५० प्रतिशत डेलिभरी अर्डर दिई गाडी डेलिभरी लिन सकिन्छ । बाँकी २० प्रतिशतका लागि ग्राहकलाई ४ महिनाको थप अवधि प्रदान गरिन्छ । यी ४ महिनामा ग्राहकले २० प्रतिशतलाई बराबर भाग लगाइ किस्तामा तिर्नु पर्ने कम्पनिले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : ५८ बजे

एआई शिखर सम्मेलन निष्कर्षविहीन

एजेन्सी– पाँच दिनसम्म विश्वका नेताहरू, प्रविधि कम्पनीका प्रमुख र नीति

नापतौलमा अनियमितता गर्ने ११ सय व्यवसायीलाई कारबाही

जनकपुरधाम– गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्ष २०८२-८३

सहाराले १२ वर्षपछि चुम्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

कास्की– मोफसलको पुरानो र प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित आहा

गृहमन्त्रीद्वारा काठमाडौं र मकवानपुरको मतदानस्थलको अनुगमन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

राजनीतिक दलका चुनावी घोषणापत्र : निःशुल्क स्वास्थ्यमा जोड

काठमाडौं– आसन्न प्रतिनिधिसभाको निर्वाचनमा राजनीतिक दलले जनताको स्वास्थ्य सेवालाई मुख्य