रजनीकान्तको फिल्ममा खलनायक बन्दै ज्याकी श्राफ « Khabarhub

रजनीकान्तको फिल्ममा खलनायक बन्दै ज्याकी श्राफ


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार रजनीकान्त आजभोलि फिल्म ‘अन्नाथे’ का कारण चर्चामा छन् । फिल्ममा उनको शीर्ष भूमिका रहने फाइनल भइसकेको छ ।

प्रकाश राज र वेला राममूर्तीको समेत अभिनय रहने यो फिल्ममा बलिउड कलाकार ज्याकी श्राफको पनि अभिनय रहने जनाइएको छ ।

फिल्ममा ज्याकी एक खतरनाक भिलेनका रुपमा देखिने चर्चा छ । खबरका अनुसार जनवरीभन्दा पहिले नै उनले यो फिल्मको छायांकन सक्नेछन् ।

फिल्मको कहानी गाउँको एक परिवारमा आधारित छ । पहिले यो फिल्म तिहारको अवसर पारेर रिलिज गरिने भनिएको थियो ।

कोरोना भाइरसले सिर्जना गरेको अवस्थाका कारण अब भने यो फिल्म सन् २०२१ मा रिलिज हुनेछ । फिल्मलाई शिवाले निर्देशन गर्दैछन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  १ : ०७ बजे

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई