अस्ट्रेलियाका वैज्ञानिकहरूले बनाए विश्वकै पहिलो ‘बायोनिक आँखा’ « Khabarhub

अस्ट्रेलियाका वैज्ञानिकहरूले बनाए विश्वकै पहिलो ‘बायोनिक आँखा’


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अस्ट्रेलियाको मोनाश युनिभर्सिटीका शोधकर्ताले १० वर्षको अनुसन्धानपछि बायोनिक आँखा बनाउन सफल भएका छन् ।

यसको विकाससँगै अब जन्मजात दृष्टिविहीनलाई ठूलो लाभ मिल्ने भएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार यसको ‘ट्रायल’ सफल भइसकेको छ ।

वैज्ञानिकहरुका अनुसार यसलाई मानिसको मष्तिष्कमा लगाउने तयारी भइरहेको छ । शोधकर्ताले यसलाई संसारकै पहिलो बायोनिक आँखा भएको दाबी गरेका छन् ।

युनिभर्सिटीका इलेक्ट्रिकल तथा कम्प्युटर इन्जिनियरिङ विभागका प्रोफेसर लाओरीले भने, ‘हामीले एक यस्तो वायरलेस ट्रान्समिटर चिप तयार पारेका छौं, जुन मष्तिष्कको सतहमा फिट हुनेछ ।’

उनका अनुसार यसलाई ‘बायोनिक आई’ नाम दिइएको छ । यसमा क्यामराका साथै एक हेडगियर पनि फिट गरिएको छ । जसले आँखाले देखिने क्रियाका आधारमा सीधा दिमागमा सम्पर्क गराउनेछ ।

यो डिभाइसलाई बनाउनका लागि १० वर्षभन्दा बढी समय लागेको शोधकर्ताहरुले बताएका छन् । प्रोफेसर लाओरीका अनुसार बायोनिक आँखा जन्मजात नेत्रहीन व्यक्तिमा लगाउन सकिनेछ ।

शोधकर्ताले यो डिभाइसलाई बेच्नका लागि फण्डको माग गरेका छन् । उनीहरुलाई पछिल्लो वर्ष पनि ७ करोड ३५ लाखभन्दा बढी फण्ड दिइएको थियो ।

मोनास बायोमेडिसिन डिस्कभरी इन्टिच्युटका डाक्टरहरुका अनुसार बायोनिक आँखा यसअघि भेडामा परीक्षण गरिएको थियो । सातवटा भेडामा गरिएको परीक्षणका क्रममा ९ महिनासम्म बिना कुनै नोक्सान एक्टिभ रहेको देखिएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  २ : १२ बजे

इरानी आणविक केन्द्रमा फेरि आईएईए निरीक्षण हुने संकेत

टोकियो– संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का महानिर्देशक

ताकम र शिवाङमा सडक कालोपत्र

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–७ ताकम र शिवाङमा पालिकामै पहिलोपटक सडक कालोपत्र

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

ललितपुर–  जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३

रास्वपा महाधिवेशन : ८० वटा विद्युतीय मेशिन तयार (तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय

इरान–अमेरिका सम्झौताप्रति गालिबफको प्रतिक्रिया : ‘यो अमेरिकाको पराजय हो’

एजेन्सी– मध्यपूर्व युद्ध अन्त्यका लागि इरान र संयुक्त राज्य अमेरिकाबीच