महिलाले गुडिरहेको कारबाट शरीर बाहिर निकालेर बनाइरहेकी थिइन् भिडियो, भयो दुर्घटना | Khabarhub Khabarhub

महिलाले गुडिरहेको कारबाट शरीर बाहिर निकालेर बनाइरहेकी थिइन् भिडियो, भयो दुर्घटना


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्रिटेनमा एक महिला गुडिरहेको कारबाट लडेर घाइते भएकी छिन्, त्यो पनि राजमार्गमा । भाग्यवश्‌, ती महिला ठूलो दुर्घटना हुनबाट भने बचेकी छिन् ।

कारबाट शरीर बाहिर निकालेर स्न्यापच्याट बनाइरहेकी ती महिलाको एक्कासी सन्तुलन बिग्रियो र उनी लड्न पुगिन् ।

रोड पुलिसिङ युनिटले यो घटनाका बारेमा शनिवार ट्वीट गरेर जानकारी दिएको छ । प्रहरीका अनुसार गुडिरहेको कारबाट खसेर ती महिला लेनमा परेकी थिइन् । संयोगवश उनलाई केही भएन ।

प्रहरीले यसबारेमा ट्वीट गरेपछि अहिले यो विषय सबैको चासोको विषय बनेको छ ।

यो घटना शनिवार करीब १ः३० बजेको हो । सामाजिक सञ्जाल प्रयोगकर्ताले भिडियो बनाउनकै लागि आफ्नो ज्यान जोखिममा नमोल्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ६ : ३३ बजे

राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड

काठमाडौं– आम जनता पार्टी पार्टीका एवं सांसद प्रभु साहले मुलुकमा

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन