दिनेश सञ्चार गृहमा आक्रमण गर्ने मेयरका भतिज पक्राउ « Khabarhub

दिनेश सञ्चार गृहमा आक्रमण गर्ने मेयरका भतिज पक्राउ


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनगढीस्थित दिनेश सञ्चार गृहमा आक्रमण गर्ने गिरोहका नाइके पक्राउ परेका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का जीवन भनिने समीर विक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टका अनुसार बिकलाई धनगढी उपमहानगरपालिका वडा नम्बर ६ को ढुङ्गे बजारबाट पक्राउ गरिएको हो। उनी धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडका भतिजा हुन्।

विकले नै गत भदौँ २६ गते दिनेश सञ्चार गृहमा आक्रमण गर्ने समूहको नेतृत्व गरेका थिए।

धनगढी ५ का १९ वर्षीय युवक रोशन विकको जिल्ला प्रहरी कार्यालयको हिरासतमा मृत्यु भएपछि भदौँ २६ गते युवाहरुको समूह नाराबाजी गर्दै सेती प्रादेशिक अस्पताल पुगेको थियो।

सेती अस्पतालबाटै विक नेतृत्वको उत्तेजित युवाहरुको समूह समाचार लेखेको भन्दै दिनेश सञ्चार गृहमा पुगेको थियो।

समाचार हटाउन दबाब दिन पुगेका विकले ‘यिनीहरुलाई डोज पुगेको छैन्, अब थाहा हुन्छ।’भन्ने कुरा बोलेको उनैले फेसबुक लाइभ गरेको भिडियोमा सुन्न सकिन्छ।

पत्रकार माथि भएको हातपात तथा सञ्चारगृहमा भएको आक्रमणको नेपाल पत्रकार महासंघ लगायतका संघसंस्थाले विरोध जनाएका छन्। घटना भएको १० औं दिनमा उनी पक्राउ परेका हुन।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ८ : १५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर