बालिका दूर्व्यवहारको अभियोगमा एक नेपालीलाई दुई वर्ष जेल « Khabarhub

बालिका दूर्व्यवहारको अभियोगमा एक नेपालीलाई दुई वर्ष जेल



दोहा- संयुक्त अरब एमिरेट्स (यूएई)को दुबईस्थित फौजदारी अदालतले बालिका दूर्व्यवहारको अभियोगमा एक नेपालीलाई दुई वर्ष जेल सजाय सुनाएको छ ।

सरसफाईको काम गर्ने २३ वर्षीय ती नेपालीले दुवई अन्तर्राष्ट्रिय विमानस्थलमा एक बालिकालाई दूर्व्यवहार गरेको अभियोगमा अदालतले जेल सजाय गरेको हो ।

श्रीलंकाली बालिकालाई शौचालय गएको मौका छोपी ती नेपालीले बाथरुम बन्द गरेर दूर्व्यवहार गरेको आरोप लागेको थियो ।

दुबई प्रहरीले सीसीटीभी फुटेजको आधारमा त्यस बखत सरसफाईमा काम गर्ने ४ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले सोधपुछको क्रममा, चार जनामध्ये एक जना दोषी पाईएको र उनलाई जुलाईमा अदालतमा पेश गरिएको थियो । तर, ती नेपालीले उक्त आरोपलाई अस्वीकार गरेका छन् ।

अदालतले उनलाई दुई वर्ष जेल सजाय समाप्त भएपछि डिपोट गर्ने त्यहाँ प्रकाशन हुने द नेशनल अनलाइनले जनाएको छ ।

ती नेपाली को हुन् भन्ने बारे केही खुलाएको छैन । यो घटना २३ नोभेम्बर २०१९ मा भएको थियो ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : ५४ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले