टोकियो ओलम्पिक हुन नदिन रूसी ह्याकरको हमला « Khabarhub

टोकियो ओलम्पिक हुन नदिन रूसी ह्याकरको हमला


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसी ह्याकरहरूले यो वर्षको टोक्यो ओलिम्पिक्स प्रतियोगितालाई बाधा पुर्‍याउने उद्देश्यले हमला गरेको बेलायतले दाबी गरेको छ ।

कोरोनाभाइरस महामारीका कारण उक्त खेल प्रतियोगिता सन् २०२१ लाई सारिनुअघि त्यस्तो हमला भएको दाबी गरिएको छ ।

बेलायतको विदेश मामिला हेर्ने कार्यालयले रुसको जीआरयू सैन्य गुप्तचरले ‘आफ्नो प्रभाव बाहिरका अधिकारी र सङ्गठनविरूद्ध’ साइबर हमलाहरू गरेको बीबीसीले उल्लेख गरेको छ ।

अमेरिकाको न्याय मन्त्रालयले समेत ६ जना रुसी गुप्तचरविरूद्ध ‘रुसलाई रणनीतिक फाइदा हुने गरी’ साइबर हमलाहरू गरेको अभियोग लगाएको छ।

अमेरिकी अभियोजनकर्ताका अनुसार उक्त समूहले सन् २०१८ मा दक्षिण कोरियामा भएको हिउँदे ओलिम्पिक्स, सन् २०१७ को फ्रान्सको राष्ट्रपतीय निर्वाचनलाई प्रभावित बनाउन खोजेका थिए ।

उनीहरूले युक्रेनको उर्जा प्रणाली बन्द गर्ने तीन वर्षअघिको उक्त घटनाबाट विश्वभरि १० अर्ब डलर क्षति पुर्‍याएको पनि दाबी गरिएको छ ।

बेलायतका विदेशमन्त्री डोमिनिक राबले ओलिम्पिक्स र पारालिम्पिक्स खेलहरू लक्षित हमलाहरू तिनका आयोजक, प्रायोजक र व्यवस्थापकीय सुविधाको आपूर्ति गर्नप्रति लक्षित भएको हुन सक्ने बताएका छन् ।

 

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : १९ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई