काकाको हत्या आरोपमा लमजुङबाट एक जना पक्राउ « Khabarhub

काकाको हत्या आरोपमा लमजुङबाट एक जना पक्राउ


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- काकाको हत्या गरेको आरोपमा प्रहरीले लमजुङबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरामा बसेर ज्याला, मजदुरी गरेर बस्दै आएका ओखलढुंगाका इन्द्रबहादुर तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालका अनुसार २०७६ साल कार्तिक महिनादेखि पोखरामा पद मार्ग निर्माणको काम गर्दै आएका ५५ वर्षीय टंकबहादुर तामाङ बैशाख २१ गते मृत अवस्थामा भेटिएको थियो ।

डीएसपी हमालले भने, ‘तामाङको टाउको र अनुहारमा चोटपटक लागि नाक, मुख र कानबाट रगत निस्केको अबस्थामा शव फेला परेको थियो, शंका लागि अनुसन्धान गर्दा उनकै भतिज इन्द्रबहादुर तामाङले झगडा पर्दा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

प्रारम्भिक सोधपुछको क्रममा उनले घटना स्वीकार गरिसकेका छन् । मृतकका छोराले इन्द्र बहादुर तामाङका विरुद्धमा किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरी परेपछि प्रहरीले खोजतलास गर्दा सोमबार लमजुङको सोती पसलमा फेला पारेको डीएसपी हमालले जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : ३० बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक