काकाको हत्या आरोपमा लमजुङबाट एक जना पक्राउ | Khabarhub Khabarhub

काकाको हत्या आरोपमा लमजुङबाट एक जना पक्राउ


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- काकाको हत्या गरेको आरोपमा प्रहरीले लमजुङबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पोखरामा बसेर ज्याला, मजदुरी गरेर बस्दै आएका ओखलढुंगाका इन्द्रबहादुर तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालका अनुसार २०७६ साल कार्तिक महिनादेखि पोखरामा पद मार्ग निर्माणको काम गर्दै आएका ५५ वर्षीय टंकबहादुर तामाङ बैशाख २१ गते मृत अवस्थामा भेटिएको थियो ।

डीएसपी हमालले भने, ‘तामाङको टाउको र अनुहारमा चोटपटक लागि नाक, मुख र कानबाट रगत निस्केको अबस्थामा शव फेला परेको थियो, शंका लागि अनुसन्धान गर्दा उनकै भतिज इन्द्रबहादुर तामाङले झगडा पर्दा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’

प्रारम्भिक सोधपुछको क्रममा उनले घटना स्वीकार गरिसकेका छन् । मृतकका छोराले इन्द्र बहादुर तामाङका विरुद्धमा किटानी जाहेरी दिएका थिए ।

किटानी जाहेरी परेपछि प्रहरीले खोजतलास गर्दा सोमबार लमजुङको सोती पसलमा फेला पारेको डीएसपी हमालले जानकारी दिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : ३० बजे

शंखमु्लमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित

महोत्तरीका आगलागी पीडितहरूलाई राहत वितरण

महोत्तरी– महोत्तरी जिल्ला मटिहानी नगरपालिका-६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित

कुशल भुर्तेलले नै दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले चौथो  सफलता हासिल गरेको

बेथितियुक्त अहिलेको प्रणालीविरुद्ध आन्दोलनको विकल्प छैन : कमल थापा

काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का कप्तान आउट

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको