व्यासको छाङ्गरु र तिङ्करमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी « Khabarhub

व्यासको छाङ्गरु र तिङ्करमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ ।

खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ ।

हेलिकप्टरले आजदेखि खाद्यान्न ढुवानी गर्ने तयारी गरेको छ । हेलिकप्टरमार्फत खाद्य सामग्री ढुवानी गर्न प्रदेश सरकारले रु ४५ लाख बजेट निकासा गरेको छ ।

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय दार्चुलालाई खाद्य सामग्री ढुवानीका लागि बजेट उपलब्ध गराएको हो ।

प्रदेश सरकारले व्यास क्षेत्रमा हेलिकप्टरमार्फत खाद्य सामग्री ढुवानीमा अनुदान उपलब्ध गराएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालयका प्रमुख गङ्गाकुमारी मगरले जानकारी दिइन् ।

पहिलो चरणमा १८० क्विन्टल खाद्यान्न ढुवानी गरिन लागेको हो । चामल, नुन, दाल, तेललगायत खाद्यान्न सामग्री ढुवानीको तयारी गरिएको बताइएको छ ।

खाद्यान्नको जोहो गर्ने जिम्मा वडालाई दिइएको छ । स्थानीयवासीको मागका आधारमा वडाले छाङ्गरु र तिङ्करको लागि खाद्यान्न ढुवानी गर्न लागेको वडासचिव विनोद तिङ्करीले बताए ।

‘आजदेखि खाद्यान्न ढुवानी गरिन्छ’, उनले भने । दशैँअघि नै खाद्यान्न पुर्‍याउने लक्ष्यका साथ तयारी गरिएको हो ।

दुवै गाउँका सबै घरधुरीका लागि ढुवानी अनुदानमा खाद्य सामग्री हेलिकप्टरमार्फत पुर्‍याउन लागिएको हो ।

१९ असोजमा व्यास गाउँपालिकाको घाँटीबगरमा नेपाली सेनाले निर्माण गरेको बाटो उद्घाटन गर्न दार्चुला पुग्नुभएका मुख्यमन्त्री त्रिलोचन भट्टले व्यास क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकता दिएको दाबी गरेका थिए ।

स्थानीयवासीले व्यासको लागि तत्काल खाद्यान्न ढुवानी गर्न पटक–पटक माग गर्दै आएका थिए ।

यसअघि गत असारमा मात्रै खाद्यान्न ढुवानी गरिएको थियो । व्यासको छाङ्गरुमा ११७ घरधुरी र तिङ्करमा ७५ घरधुरीको बसोबास छ । व्यासका स्थानीयवासी आगामी मङ्सिरमा कुञ्चा अर्थात् बसाइँ सर्ने हुँदा दशैँअगावै खाद्यान्न ढुवानी गरिन लागेको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ९ : ०७ बजे

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,