घरमै अवैध पटकाको स्टोर, एक जना पक्राउ | Khabarhub Khabarhub

घरमै अवैध पटकाको स्टोर, एक जना पक्राउ


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ-  घरमै अवैध पटकाको स्टोर बनाएको एक व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट ल्याएका लाखौं मूल्य बराबरका पटका (आतिसबाजी) र तस्करीको सामानसहित कटहरीका दिलिप सहनीलाई मोरङको प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार कटहरी गाउँपालिका–४ लोहन्द्रा घाटस्थित दिलिपकुमार साहनीको घरबाट सोमबार पटका र अवैध सामानसहित उनलाई पक्राउ गरिएको हो ।

एक लाख ८० हजार मूल्य बराबरको पटका नियन्त्रणमा लिएको एपी खड्काले जानकारी दिए ।

तस्करीका कपडा, जिरा, पापड लगायतका किराना र फेन्सी सामान पनि बरामद गरिएको उनले बताए । खड्काका अनुसार सात लाख मूल्य बराबरको तस्करीका कपडा, २३ हजारको फेन्सी सामान, ३३ हजारको किरान सामान, ४६ हजारको वलवान खैनी र १२ हजार मूल्य बराबरको बालसेरी काँटी घरबाटै नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ९ : २६ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र