घरमै अवैध पटकाको स्टोर, एक जना पक्राउ « Khabarhub

घरमै अवैध पटकाको स्टोर, एक जना पक्राउ


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ-  घरमै अवैध पटकाको स्टोर बनाएको एक व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

भारतबाट ल्याएका लाखौं मूल्य बराबरका पटका (आतिसबाजी) र तस्करीको सामानसहित कटहरीका दिलिप सहनीलाई मोरङको प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार कटहरी गाउँपालिका–४ लोहन्द्रा घाटस्थित दिलिपकुमार साहनीको घरबाट सोमबार पटका र अवैध सामानसहित उनलाई पक्राउ गरिएको हो ।

एक लाख ८० हजार मूल्य बराबरको पटका नियन्त्रणमा लिएको एपी खड्काले जानकारी दिए ।

तस्करीका कपडा, जिरा, पापड लगायतका किराना र फेन्सी सामान पनि बरामद गरिएको उनले बताए । खड्काका अनुसार सात लाख मूल्य बराबरको तस्करीका कपडा, २३ हजारको फेन्सी सामान, ३३ हजारको किरान सामान, ४६ हजारको वलवान खैनी र १२ हजार मूल्य बराबरको बालसेरी काँटी घरबाटै नियन्त्रणमा लिइएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ९ : २६ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा