प्रेक्षाको गीतमा भरियाको कथा (भिडियो) « Khabarhub

प्रेक्षाको गीतमा भरियाको कथा (भिडियो)


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नेपालीहरुको महान पर्व दशैंको अवसर पारेर गायिका प्रेक्षा गौतमको स्वर रहेको गीत ‘भरिया’ सार्वजनिक गरिएको छ ।

भरिया जीवनको यथार्थ चित्रण गरिएको उक्त गीत सोमवार शशीकुञ्ज नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

मानवशास्त्री तथा समाजशास्त्री डा. शम्भु जमरकट्टेल ‘हेदाङ्ग्ने’ को रचना रहेको सो गीतमा गायिका गौतमले संगीत भरेकी छिन् । यस्तै गीतको एरेन्जमेन्ट शीलाबहादुर मोक्तानले गरेका छन् ।

अझै पनि नेपालका दुर्गम भेगमा भरियाहरुले भारी बोकेरै सामान ओसार्ने गर्छन् । रचनाकार जमरकट्टेलले यो गीतमा लहान, जिरी तथा नेपालका पूर्वी क्षेत्रमा भारी बोकेर गुजारा चलाउने भरियाको कथा उनेका छन् ।

गीतका बारेमा रचनाकार जमरकट्टेल भन्छन् – ‘कामका सिलसिलामा पूर्वका विभिन्न स्थानमा जाने अवसर पाएँ । त्यतिबेला भारी बोक्ने भरियाहरुलाई देखेर गीत लेख्ने इच्छा जाग्यो ।’

रचनाकार जमरकट्टेलले वास्तविक भरियाहरुको सम्मानमा यो गीत रचना गरेको बताए ।

यता गायिका प्रेक्षा गौतमले गीतका शब्दले मन छोएकाले गीत गाएको प्रतिक्रिया दिइन् । ‘यति मीठो सिर्जना कमै लेखिएको पाइन्छ, गीतले निकै मन छोयो, शब्द पढेपछि म निकै उत्साहित बनेकी थिएँ,’ उनले भनिन् ।

सीता सुवेदी कट्टेलले निर्माण गरेको गीतको भिडियोमा लहान, जिरी लगायत नेपालका मनोरम दृश्यहरु देख्न सकिन्छ । साथै गीतमा वास्तविक भरियाहरुलाई पनि देख्न सकिन्छ ।

रचनाकार जमरकट्टेलको निर्देशन रहेको भिडियोलाई अर्घेलो थापाले सम्पादन गरेका हुन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १० : ३० बजे

प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको झलारीमा आज सम्पन्न सुदूरपश्चिम प्रदेशस्तरीय खुला

पाकिस्तानको खैबर पख्तुनख्वामा पिटिआई सरकार ढल्यो, गभर्नर शासन लागू, मुख्यमन्त्री हिरासतमा

काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक तनाव उत्कर्षमा पुगेको बेला

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा खत्रीद्वारा शपथ ग्रहण

कर्णाली– कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा भीमबहादुर खत्रीले पद

‘टोखाको विकासमा एकताबद्ध भएर अगाडि बढ्छौँ’

काठमाडौँ– धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको काठमाडौँको उत्तरी क्षेत्र

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले