उदयपुरमा मेयरसहित ४ जनामा कोरोना पुष्टि « Khabarhub

उदयपुरमा मेयरसहित ४ जनामा कोरोना पुष्टि


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको कटारी नगरपालिकाका मेयरसहित थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना प्रयोगशालामा गरिएको परीक्षणबाट कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद अर्याल, शिक्षा शाखाका श्रोत व्यक्ति सुर्य कार्की र इलाका प्रशासन कार्यालय कटारीका प्रमुख चन्द्र सिवाकोटीमा कोरोना पोजेटिभ देखिएको हो ।

यो सँगै जिल्लामा संक्रमितको संख्या संख्या २ सय ४ पुगेको छ । त्यसमध्ये ६५ जना महिला र एक सय ३५ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीले जानकारी दिए । जिल्लामा हालसम्म आठ हजार एक सय २२ जनाको स्वाव संकलन गरिएको छ त्यसमध्ये आठ हजार ८७ जनाको रिर्पोट आईसकेको प्रमुख सुबेदीले बताए ।

मेयर श्रेष्ठले जनताको काम गर्दा गर्दै आफूमा कोरोना संक्रमण भएको बताएका छन् । नागरिकको हरेक गुनासाहरु सुन्ने क्रममा नगरका गाउँ, टोल बजारदेखि प्रदेश र केन्द्रसम्म पुग्दा कतिबेला को बाट संक्रमण पुष्टि भयो भन्ने हेक्का नै नराखेको बताए।

नगरको सिमित बजेटले मात्रै नगरको विकास सम्भव नभएपछि विभिन्न योजना लिएर केन्द्र र प्रदेश धाउँदा आफूलाई कोरोना सल्केको हुन सक्ने अनुमान गरे । लक्षण वेगरको संक्रमण देखिएकाले त्यति धेरै असहज नभएको उनले बताए ।

त्रियुगा नगरपालिका ३ भुल्केबाट उदयपुरमा सुरु भएको कोरोना भाइरस भुल्केपछि सबैभन्दा बढी बेलका नगर क्षेत्रमा संक्रमित देखिएका छन् ।

संक्रमित मध्ये हालसम्म त्रियुगा नगरपालिकामा ९२ जना, बेलका नगरपालिकामा ५७ जना, कटारी नगरपालिकामा ३३ जना, चौदण्डीगढी नगरपालिकामा ११ जना, ताप्ली गाउँपालिकामा ३, उदयपुरगढी र रौतामाई गाउँपालिकामा २/२ जना रहेका छन् ।

१५ गतेसम्म नगरपालिका बन्द

मेयर, प्रमुख प्रशासकिय अधिकृत र शिक्षा शाखा प्रमुखलाई कोरोना भाईरस पुष्टि भएसँगै कटारी नगरपालिकाका अत्यावश्यक सेवा वाहेक सबै कामहरु ठप्प भएका छन् ।

उपप्रमुख भिमकुमारी राउतले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै कात्तिक ४ गतेदेखि कार्यालय र मातहतका कार्यालयका शाखाहरुबाट सम्पादन गरिने अत्यावश्यक सेवा (दमकल, फोहोरमैलाको गाडी, नगर प्रहरी, स्वास्थ्य सेवा) वाहेक दैनिक सञ्चालन हुने सेवाहरु कात्तिक १५ गतेसम्म बन्द हुने जनाइएको छ ।

संक्रमण थप फैलन सक्ने खतरा रहेकाले नियन्त्रणका लागि कार्यालयका कामकाज बन्द गर्नु परेको उनले बताइन।

विज्ञप्तिमा पोजेटिभ देखिएका व्यक्तिहरुसँग सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमा बसिदिन र स्वास्थ्य सम्बन्धि समस्या देखिएमा नजिकको स्वास्थ्यचौकीमा सम्पर्क गरी सुरक्षित रहन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  २ : ०२ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी