पाठकले लेखेको पुस्तक बजारमा « Khabarhub

पाठकले लेखेको पुस्तक बजारमा


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवन के हो ? आध्यात्म भनेको के हो ? ब्रह्माण्डको अस्तित्व के हो ? समाज र राजनीतिको सम्बन्ध के छ ? मानव समाज कुन दिशातिर उन्मुख छ ?

के तपाईंले आफुलाई यी प्रश्नहरु गर्नु भएको छ ? यस्तै विभिन्न जीवन दर्शन, अध्यात्म, बिज्ञान र सामाजिक महत्त्वका प्रश्नहरु को जवाफ लिएर “The Philosophy of Infinite Learning” नामक किताब बजारमा आएको छ।

युवा लेखक पवन राज पाठकद्वारा लिखित किताब नयाँ दिल्ली, भारतमा रहेको ब्रोसिस पब्लिकेसन्सले बजारमा ल्याएको हो। एक महिना अघिनै विदेशि बजारमा उपलब्ध भैसकेको किताब नेपालमा भने गएको हप्तादेखि उपलब्ध भएको हो ।

लेखक पवन अहिले काठमाडौ जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययन गरिरहेका छ्न । यो उनको पहिलो प्रकाशित कृति हो ।

विशेषगरि युवा र विद्यार्थीवर्गलाई लक्षित गरिएको भएपनि कुनै पनि उमेर र क्षेत्रका मानिसले यस किताबबाट फाइदा लिन सक्ने लेखकको दाबी छ ।

यस किताबमा पढ्न तथा नयाँ कुरा सिक्न अहिलेसम्म कै सबैभन्दा वैज्ञानिक तरिकालाई बृहत रुपमा ब्याख्या गरिएको छ ! यो तरिका संसारमा सयौं बर्षदेखि हुँदै आएका रिसर्चहरुको एउटा वैज्ञानिक निचोड हो!

यसको अध्ययनबाट स्कुले बालबालिकादेखि पीएचडीसम्मका विद्यार्थीले फाइदा लिन सक्नेछन् ! यस किताबमा हाम्रो सिक्ने, नयाँ कुरा ग्रहण गर्ने, र त्यसलाइ लामो समयसम्म कसरी सम्झिने, र परीक्षामा कसरी राम्रो गर्ने भन्ने कुरालाई बैज्ञानिक तरिकामा विवेचना गरिएको छ !

किताबमा यसका साथसाथै जीवन दर्शन, आध्यात्म र विज्ञानका जल्दाबल्दा समस्याहरु को चिरफार गर्दै जीवनलाई समृद्ध र सुखमयी कसरी बनाउन सकिन्छ भन्ने अचुक उपायहरुलाई सरल भाषामा वर्णन गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ३ : ३३ बजे

कांग्रेस महाधिवेशनमा नेता/कार्यकर्तालाई एलर्जीको समस्या बढी, जथाभावी औषधी वितरण

काठमाडौं- राजधानीको भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशनमा स्थापना गरिएको

मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति मनाउने

काठमाडौं– मगर समुदायले काठमाडौंको टुँडिखेलमा माघे संक्रान्ति पर्व मनाउने भएको छ

‘गोबर गणेश’ प्रचारमा ‘बल्छी’ : अग्रज कलाकार भेटेर आर्शीवाद

काठमाडौं – कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ आफ्नो डेब्यू लेखन,

अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा अब पुरानै ढंगले

शान र सलिनाको गीत ‘संगी’मा पल र सजिनाको रोमान्स

काठमाडौंं – गायक शान भुसाल र गायिका सलिना बिकको स्वरमा