पाठकले लेखेको पुस्तक बजारमा « Khabarhub

पाठकले लेखेको पुस्तक बजारमा


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीवन के हो ? आध्यात्म भनेको के हो ? ब्रह्माण्डको अस्तित्व के हो ? समाज र राजनीतिको सम्बन्ध के छ ? मानव समाज कुन दिशातिर उन्मुख छ ?

के तपाईंले आफुलाई यी प्रश्नहरु गर्नु भएको छ ? यस्तै विभिन्न जीवन दर्शन, अध्यात्म, बिज्ञान र सामाजिक महत्त्वका प्रश्नहरु को जवाफ लिएर “The Philosophy of Infinite Learning” नामक किताब बजारमा आएको छ।

युवा लेखक पवन राज पाठकद्वारा लिखित किताब नयाँ दिल्ली, भारतमा रहेको ब्रोसिस पब्लिकेसन्सले बजारमा ल्याएको हो। एक महिना अघिनै विदेशि बजारमा उपलब्ध भैसकेको किताब नेपालमा भने गएको हप्तादेखि उपलब्ध भएको हो ।

लेखक पवन अहिले काठमाडौ जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययन गरिरहेका छ्न । यो उनको पहिलो प्रकाशित कृति हो ।

विशेषगरि युवा र विद्यार्थीवर्गलाई लक्षित गरिएको भएपनि कुनै पनि उमेर र क्षेत्रका मानिसले यस किताबबाट फाइदा लिन सक्ने लेखकको दाबी छ ।

यस किताबमा पढ्न तथा नयाँ कुरा सिक्न अहिलेसम्म कै सबैभन्दा वैज्ञानिक तरिकालाई बृहत रुपमा ब्याख्या गरिएको छ ! यो तरिका संसारमा सयौं बर्षदेखि हुँदै आएका रिसर्चहरुको एउटा वैज्ञानिक निचोड हो!

यसको अध्ययनबाट स्कुले बालबालिकादेखि पीएचडीसम्मका विद्यार्थीले फाइदा लिन सक्नेछन् ! यस किताबमा हाम्रो सिक्ने, नयाँ कुरा ग्रहण गर्ने, र त्यसलाइ लामो समयसम्म कसरी सम्झिने, र परीक्षामा कसरी राम्रो गर्ने भन्ने कुरालाई बैज्ञानिक तरिकामा विवेचना गरिएको छ !

किताबमा यसका साथसाथै जीवन दर्शन, आध्यात्म र विज्ञानका जल्दाबल्दा समस्याहरु को चिरफार गर्दै जीवनलाई समृद्ध र सुखमयी कसरी बनाउन सकिन्छ भन्ने अचुक उपायहरुलाई सरल भाषामा वर्णन गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ३ : ३३ बजे

समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अचानक हुने आगलागीको घटना नियन्त्रणसम्बन्धी प्रशिक्षण

फिर्के खोलामाथिका संरचनामा धमाधम डोजर (तस्बिरहरू)

काठमाडौं– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

‘प्रतिनिधिसभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्वपूर्ण’

मोरङ– गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा

जेठ १ बाट प्रदर्शनमा आएका दुवै फिल्मको व्यापार कमजोर

काठमाडौं – जेठ १ बाट प्रदर्शनमा आएका ‘लाइफ ड्यामेज’ र

योग समितिमा पुनः डा भट्टराई निर्वाचित

नेपालगन्ज– योग समिति नेपाल केन्द्रीय समिति, नेपालगन्जको अध्यक्षमा पुनः योगगुरु