अनुहार चम्काउन अपनाउनुहोस् यी घरेलु उपाय « Khabarhub

अनुहार चम्काउन अपनाउनुहोस् यी घरेलु उपाय


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग तथा धब्बाका कारण अनुहारको सुन्दरता बिग्रिएको हुन्छ ।

यदी तपाइँ पनि अनुहारमा आउने दाग धब्बा तथा डण्डिफोर हटाएर सुन्दरता देख्न चाहनुहुन्छ भने यी ६ टिप्सको प्रयोग गर्नुहोस्। जसले गर्दा तपाई बिग्रिएको सुन्दरता फिर्ता पाउन सक्नुहुनेछ।

यस्ता छन् अनुहारमा चमकता ल्याउने घरेलु उपाय :

दही र बेसारको फेस प्याक

एक चम्चा दहीमा एक चम्चा बेसार मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि १५ मिनेटपछि सफा पानीले अनुहार धुनुहोस्। यो कार्य केही दिन गर्नुभयो भने तपाईको अनुहारमा चमकता आउनेछ।

मह र बेसार

गर्मीमा अलिकति महमा बेसार मिलाएर अनुहारमा लगाउनुहोस्। केही मिनेटपछि यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारमा सुन्दरता आउनुका साथै गर्मीका कारण आएको कालोपना हटेर जानेछ।

आलु र दहीको प्याक

एउटा आलुलाई मसिनो गरी पिसेर त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा अलिकती दही मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई १५ मिनेटमा सफा पानीले धुनुहोस् । त्यसको प्रयोग केही दिनसम्म गर्दा तपाईले अनुहारमा चमकता पाउनुहुनेछ।

मह र पानी

दुई चम्चा महमा अलिकती पानी मिसाएर अनुहारमा लगाउनुहोस्। केही समयपछि सफा पानीले अनुहार धुनुहोेस्। यसको केही दिनको प्रयोग पनि तपाईको अनुहारमा फरक पाउनुहुनेछ।

गाजर र मह

गर्मीमा गाजरलाई मसिनो गरी त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा आधा चम्चा मह मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि केही मिनेटमा त्यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारको चमकता फर्किन सक्छ।

चन्दन, दही र दुध

थोरै चन्दन, दही र दुध मिसाएर २ वा ३ मिनेटसम्म अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई सफा पानीले धुनुहोस्। यो प्रयोग केही दिनसम्म गर्दा तपाईको अनुहारमा सुन्दरता आउन सक्छ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १ : ४४ बजे

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग