अनुहार चम्काउन अपनाउनुहोस् यी घरेलु उपाय | Khabarhub Khabarhub

अनुहार चम्काउन अपनाउनुहोस् यी घरेलु उपाय


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अनुहार सुन्दर बनाउने जो कोहीको चाहना हुन्छ। तर पनि अनुहारमा आउने डण्डिफोर, दाग तथा धब्बाका कारण अनुहारको सुन्दरता बिग्रिएको हुन्छ ।

यदी तपाइँ पनि अनुहारमा आउने दाग धब्बा तथा डण्डिफोर हटाएर सुन्दरता देख्न चाहनुहुन्छ भने यी ६ टिप्सको प्रयोग गर्नुहोस्। जसले गर्दा तपाई बिग्रिएको सुन्दरता फिर्ता पाउन सक्नुहुनेछ।

यस्ता छन् अनुहारमा चमकता ल्याउने घरेलु उपाय :

दही र बेसारको फेस प्याक

एक चम्चा दहीमा एक चम्चा बेसार मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि १५ मिनेटपछि सफा पानीले अनुहार धुनुहोस्। यो कार्य केही दिन गर्नुभयो भने तपाईको अनुहारमा चमकता आउनेछ।

मह र बेसार

गर्मीमा अलिकति महमा बेसार मिलाएर अनुहारमा लगाउनुहोस्। केही मिनेटपछि यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारमा सुन्दरता आउनुका साथै गर्मीका कारण आएको कालोपना हटेर जानेछ।

आलु र दहीको प्याक

एउटा आलुलाई मसिनो गरी पिसेर त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा अलिकती दही मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई १५ मिनेटमा सफा पानीले धुनुहोस् । त्यसको प्रयोग केही दिनसम्म गर्दा तपाईले अनुहारमा चमकता पाउनुहुनेछ।

मह र पानी

दुई चम्चा महमा अलिकती पानी मिसाएर अनुहारमा लगाउनुहोस्। केही समयपछि सफा पानीले अनुहार धुनुहोेस्। यसको केही दिनको प्रयोग पनि तपाईको अनुहारमा फरक पाउनुहुनेछ।

गाजर र मह

गर्मीमा गाजरलाई मसिनो गरी त्यसको पेस्ट बनाउनुहोस्। त्यसपछि त्यसमा आधा चम्चा मह मिसाएर अनुहारमा लगाउनुहोस्। त्यसपछि केही मिनेटमा त्यसलाई सफा पानीले धुनुहोस्। यसो गर्दा तपाईको अनुहारको चमकता फर्किन सक्छ।

चन्दन, दही र दुध

थोरै चन्दन, दही र दुध मिसाएर २ वा ३ मिनेटसम्म अनुहारमा लगाउनुहोस्। त्यसपछि त्यसलाई सफा पानीले धुनुहोस्। यो प्रयोग केही दिनसम्म गर्दा तपाईको अनुहारमा सुन्दरता आउन सक्छ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १ : ४४ बजे

सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य

गण्डकीमा आवधिक योजनाका आधारमा बजेट ल्याइने

गण्डकी – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को

गौतमबुद्ध विमानस्थलको जग्गा मन्त्रिपरिषद्ले निर्णय गरेर अधिग्रहण भएको हो : क्यान

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको जग्गाको

गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्यमा पोषराज

सङ्खुवासभामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाइते

सङ्खुवासभा – सङ्खुवासभाको चैनपुर नगरपालिका–८ मानेडाँडामा चट्याङ लागेर एक जनाको