जाडोमा कोरोना महामारीबाट जोगिन पूर्वसावधानी अपनाऔं : प्रधानसेनापति थापा « Khabarhub

जाडोमा कोरोना महामारीबाट जोगिन पूर्वसावधानी अपनाऔं : प्रधानसेनापति थापा


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधासेनापति पूर्णचन्द्र थापाले जाडो मौसममा कोरोना भाइरसको महामारी झन बढ्न सक्ने भन्दै रोकथाम तथा नियन्त्रणका लागि मातहतका पृतनापतिलाई पूर्वसावधानी अपनाउन निर्देशन दिएका छन् ।

मातहतका सबै पृतनापतिलाई उनले जाडो मौसममा महामारी बढ्ने पूर्वानुमान अनुसार तयारी गर्न निर्देशन दिएका हुन् ।

मंगलबार सम्पन्न पृतनापति समन्वयात्मक बैठकमा उनले भने, ‘सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरुसँग निरन्तर समन्वयमा गरेर आवश्यक पूर्वतयारी गर्नुहोला ।’

उनले नेपाली सेनाको कार्यशैलीमा सकारात्मक परिवर्तन आएको बताउँदै संगठनलाई पद्धति र प्रणालीमा आधारित बनाउन थप बल पुर्‍याएको पनि बताए ।

बैठकमा जर्नेलहरुले जिम्मेवारी अनुसारको विषयको प्रगति विवरणको समीक्षा गरेका थिए भने सुरक्षाको वर्तमान स्थिति र कोभिड–१९ बाट सिर्जित अवस्था तथा त्यसबाट आइपर्नसक्ने सुरक्षा चुनौतीहरु एवं लिनुपर्ने कार्यनीतिबारे सुझावसहितको प्रस्तुतीकरण दिएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : २६ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको