जाडोमा कोरोना महामारीबाट जोगिन पूर्वसावधानी अपनाऔं : प्रधानसेनापति थापा « Khabarhub

जाडोमा कोरोना महामारीबाट जोगिन पूर्वसावधानी अपनाऔं : प्रधानसेनापति थापा


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधासेनापति पूर्णचन्द्र थापाले जाडो मौसममा कोरोना भाइरसको महामारी झन बढ्न सक्ने भन्दै रोकथाम तथा नियन्त्रणका लागि मातहतका पृतनापतिलाई पूर्वसावधानी अपनाउन निर्देशन दिएका छन् ।

मातहतका सबै पृतनापतिलाई उनले जाडो मौसममा महामारी बढ्ने पूर्वानुमान अनुसार तयारी गर्न निर्देशन दिएका हुन् ।

मंगलबार सम्पन्न पृतनापति समन्वयात्मक बैठकमा उनले भने, ‘सबै पृतनाहरुले सम्बन्धित सरोकारवाला निकायहरुसँग निरन्तर समन्वयमा गरेर आवश्यक पूर्वतयारी गर्नुहोला ।’

उनले नेपाली सेनाको कार्यशैलीमा सकारात्मक परिवर्तन आएको बताउँदै संगठनलाई पद्धति र प्रणालीमा आधारित बनाउन थप बल पुर्‍याएको पनि बताए ।

बैठकमा जर्नेलहरुले जिम्मेवारी अनुसारको विषयको प्रगति विवरणको समीक्षा गरेका थिए भने सुरक्षाको वर्तमान स्थिति र कोभिड–१९ बाट सिर्जित अवस्था तथा त्यसबाट आइपर्नसक्ने सुरक्षा चुनौतीहरु एवं लिनुपर्ने कार्यनीतिबारे सुझावसहितको प्रस्तुतीकरण दिएका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ७ : २६ बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ