यी हुन् मुलाको जुसका चामत्कारिक फाइदा « Khabarhub

यी हुन् मुलाको जुसका चामत्कारिक फाइदा


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बजारमा प्रायः जुनै मौसममा पाइने तरकारी हो मुला ।

मुला सलाद र सौन्दर्यमा पनि उपायोगी हुन्छ । यो बहुउपयोगी गुणकारी तरकारीको जुस बनाएर पिएमा यसको लाभ दोब्बर हुन्छ ।

मुलाको रसमा क्याल्सियम, पोटोसियम, जिंक, कपर, फोलेट जस्ता पोषक तत्व पाइन्छ । साथै भिटामिन ए, सी र बी-६ पनि पाइन्छ । जुस बनाएर खाँदा मुलामा रहेको पोषक तत्व शरीरमा राम्ररी शोषित हुन पाउँछ । यसरी मुलाको जुस सेवन गर्नुको फाइदा यस प्रकार छन्-

१. मुलाको रस सेवन गर्दा मुत्राशय, मिर्गौला, प्रोस्टेट र पाचन तन्त्रलाई शुद्ध पार्दै हानिकारक विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ ।

२. मुलाको जुस पित्ताशयको थैली र कलेजो सफा गर्न पनि उपयोगी हुन्छ ।

३. फिफलोमाइल्जी जस्ता फंगल रोगको उपचारमा समेत मुलाको रस उपयोगी हुन्छ ।

४. कब्जियतका समस्या भएकाहरुमा मुलाको रस निकै उपयोगी हुन्छ ।

५. यसले पित्तको प्रवाहलाई नियन्त्रित गर्दछ साथै पाचन क्षमता बढाउँछ ।

६. मुलाको रसमा रहेको एन्टी इन्फ्लेमेटरी गुणले मूत्र नली सफा गर्दछ ।

७. मुलाको रसको सेवनले मृगौला सम्बन्धी संक्रमण पनि हटाउँछ ।

८. नियमित मुलाको रस सेवन गरे मिर्गौलामा पत्थरी हुने समस्या हुँदैन ।

९. मुलाको रस अस्थमा वा ब्रोन्काइटिस जस्ता समस्यामा समेत उपयोगी हुन्छ ।

१०. मुलाको रसमा हुने फस्फोरस, भिटामिन ए र सी लगायतले छालालाई चम्किलो, मुलायम र स्वस्थ्य बनाउन मद्दत गर्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ५ : ४० बजे

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

धुनियाको व्यापार धरापमा, माघमा पनि माग घट्यो

विराटनगर– माघ महिना लागिसक्दा पनि सिरक र डस्ना बनाउने ‘अर्डर’