यी हुन् मुलाको जुसका चामत्कारिक फाइदा « Khabarhub

यी हुन् मुलाको जुसका चामत्कारिक फाइदा


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बजारमा प्रायः जुनै मौसममा पाइने तरकारी हो मुला ।

मुला सलाद र सौन्दर्यमा पनि उपायोगी हुन्छ । यो बहुउपयोगी गुणकारी तरकारीको जुस बनाएर पिएमा यसको लाभ दोब्बर हुन्छ ।

मुलाको रसमा क्याल्सियम, पोटोसियम, जिंक, कपर, फोलेट जस्ता पोषक तत्व पाइन्छ । साथै भिटामिन ए, सी र बी-६ पनि पाइन्छ । जुस बनाएर खाँदा मुलामा रहेको पोषक तत्व शरीरमा राम्ररी शोषित हुन पाउँछ । यसरी मुलाको जुस सेवन गर्नुको फाइदा यस प्रकार छन्-

१. मुलाको रस सेवन गर्दा मुत्राशय, मिर्गौला, प्रोस्टेट र पाचन तन्त्रलाई शुद्ध पार्दै हानिकारक विषाक्त पदार्थलाई शरीरबाट बाहिर निकाल्न मद्दत गर्छ ।

२. मुलाको जुस पित्ताशयको थैली र कलेजो सफा गर्न पनि उपयोगी हुन्छ ।

३. फिफलोमाइल्जी जस्ता फंगल रोगको उपचारमा समेत मुलाको रस उपयोगी हुन्छ ।

४. कब्जियतका समस्या भएकाहरुमा मुलाको रस निकै उपयोगी हुन्छ ।

५. यसले पित्तको प्रवाहलाई नियन्त्रित गर्दछ साथै पाचन क्षमता बढाउँछ ।

६. मुलाको रसमा रहेको एन्टी इन्फ्लेमेटरी गुणले मूत्र नली सफा गर्दछ ।

७. मुलाको रसको सेवनले मृगौला सम्बन्धी संक्रमण पनि हटाउँछ ।

८. नियमित मुलाको रस सेवन गरे मिर्गौलामा पत्थरी हुने समस्या हुँदैन ।

९. मुलाको रस अस्थमा वा ब्रोन्काइटिस जस्ता समस्यामा समेत उपयोगी हुन्छ ।

१०. मुलाको रसमा हुने फस्फोरस, भिटामिन ए र सी लगायतले छालालाई चम्किलो, मुलायम र स्वस्थ्य बनाउन मद्दत गर्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ५ : ४० बजे

त्रिवि उपकुलपति प्रा डा थापाद्वारा कार्यभार सुरु

काठमाडौं – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिमा प्रा डा भोला थापाले

बालक हत्या गरेको आरोपमा एक जना पक्राउ

कैलाली – कैलालीमा दश वर्षीय बालक तनुज चौधरीको हत्या गरेको

चिनियाँ गाउँका कुनाकाप्चा पुग्दा जे देखियो (तस्बिरहरू)

पछिल्लो समय तीव्र विकासको गति पक्रिएका दुई छिमेकी चिनियाँ प्रान्त

टेरामक्स प्रकरणमा दिगम्बर झालाई एक वर्ष जेल सजाय, मोहन बस्नेतलाई सफाई

काठमाडौं- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड