अमेरिकामा एकैदिन सर्वाधिक धेरैमा संक्रमण, थपिए १ लाख ८७ हजार संक्रमित « Khabarhub

अमेरिकामा एकैदिन सर्वाधिक धेरैमा संक्रमण, थपिए १ लाख ८७ हजार संक्रमित


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ ।

केही साता यता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिने क्रम अझै रोकिएको छैन ।

पछिल्लो २४ घण्टामा त्यहाँ अहिलेसम्मकै धेरै १ लाख ८७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यसअघि गत शनिबार (नोभेम्बर १४) १ लाख ८३ हजार ५२७ जनामा संक्रमण भएर अमेरिकामा नयाँ रेकर्ड कायम भएको थियो ।

पछिल्लो २४ घण्टामा १ लाख ८७ हजार ८४ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड २० लाख ६३ हजार ५७ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ७२ लाख २६ हजार ३३५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४५ लाख ७९ हजार १४४ जनामध्ये २२ हजार १९५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ५८ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप २०११ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार २८० पुगेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : ३२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने