छठका अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा « Khabarhub

छठका अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- छठ पर्वको अवसरमा प्रदेश २ सरकारले आज र भोलि (मंसिर ५ र ६ गते) सार्वजनिक बिदा दिएको छ ।

मुख्यमन्त्री लालबहादुर राउतले छठ पर्वको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार र शनिबार प्रदेश-२ मा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन्।

‘प्रदेश सरकारले स्थापनाकाल देखि नै छठ पर्वको अवसरमा (षष्ठी र सप्तमी) दुई दिन बिदा दिने गरेको छ,’ राउतले शुक्रबार बिहान जारी गरेको शुभकामना सन्देशमा भनिएको छ, ‘यस वर्ष पनि दुई दिन (शुक्रबार र शनिबार) सार्वजनिक बिदा प्रदेश सरकारको वार्षिक क्यालेन्डरमै सार्वजनिक गरिसकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गर्दछौँ।’

प्रदेश २ सरकारले कारोना महामारीमा स्वास्थ्य सतर्कता अपनाएर हर्सोल्लासपूर्वक छठ पर्व मनाउन सुझाएको छ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ९ : ३१ बजे

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागूऔषधसहित