खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल « Khabarhub

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

'अब बन्ने सरकारले यो संकटलाई कम गर्न तत्काल ठोस योजना र पूर्वतयारी सुरु गर्नुपर्छ'


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा जारी युद्धका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकहरू गम्भीर त्रासमा रहेको बताएका छन् छ। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले बढ्दो तनावले जनजीवन र अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनीसमेत दिएका छन्।

खाडीको युद्धले तेल र ग्यासको अभाव हुनुका साथै बजारमा मूल्यवृद्धि बढ्ने संकेत देखिएको उल्लेख गर्दै उनले भनेका छन्, “सम्भावित अभाव र मूल्यवृद्धिले समग्र बजार प्रणालीमा असर पार्दै जनजीवन अझ कठिन बन्ने देखिएको छ।” यस्तो संवेदनशील समयमा नेपाली समाजलाई धैर्य र संयम अपनाउन उनले अपिल समेत गरेका छन्।

महासचिव पोखरेलले अब बन्ने सरकारले यो संकटलाई कम गर्न तत्काल ठोस योजना र पूर्वतयारी सुरु गर्नुपर्नेमा जोड दिएका छन्। संकटलाई बेलैमा सम्बोधन नगरिए यसले आर्थिक र मानवीय समस्या मात्र नभई भविष्यमा ठूलो भूराजनीतिक तनाव समेत निम्त्याउन सक्ने उनको तर्क छ।

“गम्भीर बनौं, सजग बनौं,” भन्दै उनले सरोकारवाला पक्षलाई समयमै सचेत हुन आग्रह गरेका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ८ : ३८ बजे

उस्तै छ कांग्रेसको किचलो, इतर समूहले खोल्यो अलग्गै सम्पर्क कार्यालय

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवाद थामिने सम्भावना कमजोर बन्दै गएको छ।

नेपाल ट्रष्टको करिब २०० रोपनी जग्गा व्यक्तिको नाममा नामसारी, सयौँ रोपनी निजी प्रयोगमा

काठमाडौं– नेपाल ट्रष्टको सयौँ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको

भरतमोहन पुत्री सांसद लीमाको टिप्पणी : लोकप्रिय कार्यक्रमलाई चुनावी नारा र भोट बैंक बनाइयो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् लीमा अधिकारी आचार्यले ०५१

क्रोएसियाको टोलीमा लुका मोड्रिच, चोटमुक्त भए पाँचौं पटक विश्वकप खेल्ने पक्का

क्रोएसिया- चर्चित फुटबलर लुका मोड्रिच सोमबार क्रोएसियाको टोलीमा समावेश भएका

स्वास्थ्य मन्त्रालयको पुँजीगत खर्च ६८ प्रतिशत 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पुँजीगत खर्च