भारत उत्तर प्रदेशमा जीप दुर्घटना, १४ जनाको मृत्यु « Khabarhub

भारत उत्तर प्रदेशमा जीप दुर्घटना, १४ जनाको मृत्यु


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत उत्तरप्रदेशमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

वैवाहिक समारोहमा गएर फर्किएको जीप प्रतापगढ जिल्लामा दुर्घटना हुँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

विवाहमा गएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप प्रयागराज–लखनउ राजमार्गमा रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।

चालक निदाएका कारण दुर्घटना भएको अनुमान गरिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाबाट आफू मर्माहत भएको बताउँदै घाइतेको उद्धार र उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ९ : ४६ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले