स्वास्थ्य सतर्कता अपनाई लोकआस्थाको महापर्व छठ मनाउन अपिल « Khabarhub

स्वास्थ्य सतर्कता अपनाई लोकआस्थाको महापर्व छठ मनाउन अपिल


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले लोकआस्थाको महापर्व छठपर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राउतले आज एक विज्ञप्ति जारी गर्दै विश्वसहित मुलुक अहिले कोरोना महामारीको चपेटामा रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाई लोकआस्थाको महापर्व छठ हर्षोलासपूर्वक मनाउन सम्पूर्ण प्रदेशवासीमा अपिल गरेका छन् ।

विज्ञप्तिमार्फत उनले प्रदेश सरकारले स्थापनाकालदेखि नै छठ पर्वको अवसरमा दुई दिन षष्ठी र सप्तमी तिथिमा बिदा दिने गरेको र यस वर्ष पनि दुई दिन शुक्रबार र शनिबार सार्वजनिक बिदा प्रदेश सरकारले वार्षिक क्यालेण्डर नै सार्वजनिक गरिसकेको हुँदा कुनै प्रकारको अलमलमा नपर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ११ : १० बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको