विशेष गाउँसभाबाट वडा केन्द्रको टुङ्गो लाग्यो « Khabarhub

विशेष गाउँसभाबाट वडा केन्द्रको टुङ्गो लाग्यो


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– लामो समयदेखि विवादित बनेर टुङ्गो लाग्न नसकेको चितवनको इच्छाकामना गाउँपालिका वडा नं ३ को स्थायी केन्द्र टुङ्गो लागेको छ ।

गाउँपालिकाको बिहीबार सम्पन्न विशेष गाउँसभाले सो वडाको केन्द्र टुङ्गो लगाएको हो । गाउँपालिका वडा नं. ३ को स्थायी केन्द्र चुम्लिङटार कायम गरियोस् भन्ने गाउँसभामा प्रस्तुत प्रस्तावलाई बहुमतले पारित गरेपछि केन्द्रको टुङ्गो लागेको गाउँपालिकाका प्रवक्ता सावित्री गुरुङले जानकारी दिए ।

गाउँपालिका–३ को स्थायी केन्द्र अबदेखि चुम्लिङटार हुने भएको छ । गाउँसभामा प्रस्तुत प्रस्तावमा वडा नं ३ को स्थायी केन्द्र चुम्लिङटार राख्ने पक्षमा बहुमत पुगेपछि गाउँ सभाध्यक्ष गीताकुमारी गुरुङले स्थायी वडा केन्द्र चुम्लिङटारलाई घोषणा गरिएको हो । चुम्लिङटारको पक्षमा १८ र फिस्लिङको पक्षमा १५ मत परेको प्रवक्ता गुरुङले बताए ।

सभामा तत्काल कायम सदस्य सङ्ख्याको ५१ प्रतिशत मतले केन्द्र टुङ्गो लगाउन सक्ने कानूनी प्रावधान छ । गाउँसभामा तत्काल ३५ जना सदस्य रहेका छन् । जसअनुसार कुनै पनि प्रस्ताव बहुमतले पारित गर्न कम्तीमा पनि १८ मत ल्याउनै पर्ने हुन्छ ।

गाउँपालिका कार्यालयकै एक कोठाबाट सञ्चालन गरिरहेको वडा नं ३ को कार्यालय गत असारमा सम्पन्न सातौ गाउँसभाले पनि टुङ्गो लगाउन नसकेपछि अस्थायी रुपमा कार्यालय फिस्लिङ सारिएको थियो ।

अस्थायी कार्यालय फिस्लिङ सारिएपछि असन्तुष्ट पक्षले गाउँपालिकाको कार्यालय कुरिनटारमा तालाबन्दी गरेका थिए । पछि विशेष गाउँसभा बोलाउने सर्तमा ताला खोलिएको थियो ।

वडा नं. ३ को स्थायी केन्द्र तोकिएसँगै अब गाउँपालिकाको सबै वडाको स्थायी केन्द्र तोकिसकिएको छ । सो अनुसार वडा नं. १ को हात्तिवाङ, २ को माथिल्लो काउले, ३ को चुम्लिङटार, ४ को कुरिनटार, ५ को मुग्लिन बजार, ६ को जलविरे र ७ को सिमलढाप रहेका छन् । यसअघि केन्द्रको टुङ्गो लागेका वडाको भवन निर्माण कार्य भइरहेको छ ।

यस्तै गाउँपालिकाको बिहीबार सम्पन्न गाउँसभाले स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ पनि बहुमतले पारित गरेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  २ : ०१ बजे

तीन वर्षीया बालिका गरिमा चौधरी हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ ७ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ७ गते आइतबार सन् २०२६

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक